जेनजी मूभमेन्टको टोली पुग्ने खबरले अख्तियारमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति

जेनजी मूभमेन्टको टोली पुग्ने खबरले अख्तियारमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेनजी मूभमेन्ट एलायन्सले निवेदन दर्ता गराउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हाे । आज बिहानदेखि नै सो क्षेत्रमा सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ खटाइएको छ।

यसअघि जेनजी मूभमेन्ट एलायन्सले आयोगका प्रमुख आयुक्तसहित सम्पूर्ण आयुक्तहरूको स्वेच्छिक राजीनामा माग गर्दै आयोगमा औपचारिक निवेदन बुझाउने घोषणा गरेको थियो।

Logo