बारामा माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाएका र घाइतेको सनाखत

बारामा माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाएका र घाइतेको सनाखत

केन्द्रबिन्दु
12
Shares

बारा। बारामा माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाएकाको सनाखत भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका ६ की ७० वर्षीया सारदा देवी महतो र वडानम्बर ५ बस्ने १५ वर्षीय सुनिल महतो रहेका छन् ।

अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते हुनेहरूमा वडानम्बर ६ का १४ वर्षीय साजन महतो, १८ वर्षीय गौतम मुखिया, वडानम्बर ५ का १५ वर्षीय नितेश महतो, १४ वर्षीया रानीकुमारी महतो र सुशीला कुमारी र १५ वर्षीय राजाबाबु शर्मा रहेका छन् ।
आज बिहान ८ ः ५० बजेतिर सिम्रौनगढ नगरपालिकाको नयाँ भवन नजिक रहेको इशरा पोखरीको डिलमा तिहारमा घर लिपोतको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोमा ८ जना परेका थिए । जसमध्ये दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ।

Skip This
Skip This
Logo