तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
12
Shares

२०८२ असोज २६ देखि कार्तिक १ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो हप्ता मेष राशिका लागि मिश्रित परिणामदायी रहनेछ । हप्ताको सुरुवातमा केही तनाव र चुनौतीपूर्ण परिस्थिति आउन सक्छ। काममा ढिलाइ, थकान र असन्तुष्टि महसुस हुन सक्छ। आर्थिक पक्ष सन्तुलनमा राख्न योजनाबद्ध तरिकाले अघि बढ्नु आवश्यक छ।

यो हप्ता व्यापारिक निर्णय सोचविचार गरेर लिनुहोस्। हतारमा लगानी नगर्नुहोस्। जागिरमा रहेका जातकले सहकर्मी वा वरिष्ठ अधिकारीसँग मतभेद हुन सक्ने सम्भावना छ। तर धैर्य र संयमले परिस्थिति सुधारिन्छ। सप्ताहको पहिलो भागमा परिवारमा सामान्य मतभेद वा असहजता आउन सक्छ। तर पछिल्लो भागमा मिलन र सहयोगको वातावरण बन्नेछ। सन्तान वा घरका सदस्यसँग सम्बन्धित कुनै चिन्ता पनि समाधान तिर अग्रसर हुनेछ।

पार्टनरसँग सानो मनमुटाव वा दूरी हुनसक्छ। संवाद र समझदारीले सम्बन्ध पुनः सहज हुनेछ । मानसिक तनाव र निद्राको कमीबाट सावधान रहनुहोस्। नियमित व्यायाम र समयमै आराम गर्नु आवश्यक छ।

उपाय- मङ्गलबारको दिन बजरंग बाण पाठ गर्नुहोस् र हनुमानजीलाई रातो फूल अर्पण गर्नुहोस्। यसले साहस, ऊर्जा र मानसिक सन्तुलन बढाउनेछ।

वृष राशि

यो हप्ताको सुरुवात राम्रो हुनेछ । कार्यक्षेत्रमा नयाँ अवसर र जिम्मेवारी पाउन सक्नुहुन्छ। प्रशासन वा सरकारी काममा संलग्न व्यक्तिहरूका लागि समय शुभ रहनेछ। तपाईंले आफ्ना दक्षता र निर्णय क्षमताको प्रयोग गरेर कठिन समस्याहरू समाधान गर्न सक्नुहुनेछ, जसले समाज र परिवारमा सम्मान बढाउनेछ।

हप्ताको सुरुवाती भागमा परिवारमा मेलमिलाप र आत्मीयता रहनेछ। आफन्त र मित्रहरूको साथ मिल्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ र जीवनसाथीको साथबाट उत्साह र समर्थन प्राप्त हुनेछ। आइतबारदेखि बुधबारसम्मका दिन विशेष रूपमा शुभ रहनेछन्।

व्यापारमा वृद्धि गर्ने प्रयास सफल हुने संकेत छन्, तर त्यसका लागि दौडधूप र परिश्रम बढी गर्नुपर्नेछ। केही समयमा आत्मविश्वास घटेको महसुस हुन सक्छ, त्यसैले सकारात्मक सोच राख्नु आवश्यक छ ।

हप्ताको अन्त्यतिर स्वास्थ्यमा सानो असजिलोपन देखिन सक्छ, विशेष गरी मृगौला (किड्नी) वा पाचनसम्बन्धी समस्या हुने सम्भावना रहन्छ।नोकरीपेशा व्यक्तिका लागि हप्ताको दोस्रो भाग राम्रो रहनेछ। सुरुमा केही अवरोध वा ढिलाइ भए पनि पछि कामका नतिजा राम्रो आउनेछन्। आर्थिक मामिलामा सजग रहनुहोस् — धनको लेनदेन सोचविचार गरेर मात्र गर्नुहोस्, किनभने हप्ताको उत्तरार्धमा खर्च र घाटा बढ्ने सम्भावना रहन्छ।

प्रेम सम्बन्धमा गलतफहमी र तेस्रो व्यक्तिको हस्तक्षेपबाट सावधान रहनुहोस्। संवाद र धैर्यले सम्बन्धलाई स्थायित्व दिनेछ। वैवाहिक जीवनमा विचार मतभेद हुन सक्छ, त्यसैले कुरा बुझेर बोल्नु राम्रो हुनेछ।

नियमित व्यायाम गर्नुहोस्, गह्रौं खाना र राति ढिलो सुत्ने बानीबाट टाढा रहनुहोस्। प्रशस्त पानी पिउनुहोस् र मानसिक शान्तिका लागि ध्यान वा साधना गर्नुहोस्।

उपाय- हरेक दिन देवी दुर्गाको पूजा गरी दुर्गा चालिसाको पाठ गर्नुहोस्। यसले नकारात्मकता हटाएर भाग्य वृद्धि र मानसिक शान्ति ल्याउनेछ।

मिथुन राशि

यो हप्ता मिथुन राशि हुनेहरुका लागि स्वास्थ्य, सम्बन्ध र धन खर्चका विषयमा विशेष सतर्कता आवश्यक रहनेछ। हप्ताको सुरुवातमा परिस्थिति केही विपरीत हुन सक्छ । भाग्य र नातेदारको सहयोग कमी हुनेछ, जसले मनमा निराशा ल्याउन सक्छ।

सप्ताहको सुरुवाती भागमा कार्यस्थलमा विरोधी वा ईर्ष्यालु सहकर्मीको दबाब महसुस हुन सक्छ। योजनाबद्ध र संयमित भएर काम गर्नुहोस्। हप्ताको मध्यतिर व्यवसाय वा कार्यमा सुधार देखा पर्न थाल्नेछ। व्यापारसँग सम्बन्धित यात्राहरू सफल र लाभदायक हुने सम्भावना छ। तर नयाँ लगानी वा ठूला योजना सुरु गर्न यो समय उपयुक्त छैन।
अचानक केही ठूला खर्च आउन सक्छन्। धनको प्रयोगमा सावधानी अपनाउनुहोस्। परिवार वा स्वास्थ्यसम्बन्धी खर्चले बजेटमा असर गर्न सक्छ।

हप्ताको उत्तरार्धमा घरको वातावरण सुधारिनेछ। परिवारमा खुसी र आपसी समझदारी बढ्नेछ। तर सुरुका केही दिनमा व्यस्तताका कारण नजिकका मानिसहरूलाई समय दिन नसकिने सम्भावना छ। प्रेम सम्बन्धमा सानो मनमुटाव वा गलतफहमी हुन सक्छ, जसलाई संवादले समाधान गर्न सकिन्छ। जीवनसाथी वा प्रियजनको स्वास्थ्यप्रति पनि ध्यान दिनुहोस्।

उच्च अधिकारी वा प्रभावशाली व्यक्तिहरूसँग विचारमा मतभेद भए पनि अन्ततः तपाईंको कामको मूल्याङ्कन राम्रो हुनेछ। नयाँ सम्पर्क र मित्रता लाभदायक सिद्ध हुनेछ। आइतबार, बिहीबार र शुक्रबारका दिन सबैभन्दा शुभ रहनेछन्। नकारात्मक सोच भएका मानिसहरूबाट टाढा रहनुहोस्। अरूको कुरामा बढी प्रभाव नपर्नुहोस्। आफ्ना कमजोरी स्वीकार गरेर सुधार गर्ने प्रयास गर्नु फाइदाजनक हुनेछ।

उच्च अधिकारी वा प्रभावशाली व्यक्तिहरूसँग विचारमा मतभेद भए पनि अन्ततः तपाईंको कामको मूल्याङ्कन राम्रो हुनेछ। नयाँ सम्पर्क र मित्रता लाभदायक सिद्ध हुनेछ। आइतबार, बिहीबार र शुक्रबारका दिन सबैभन्दा शुभ रहनेछन्।

उपाय- हरेक दिन बिहान भगवान् श्री गणेशलाई दूर्वा अर्पण गरी गणेश चालीसाको पाठ गर्नुहोस्। यसले अड्चनहरू हटाउने र आत्मबल बढाउनेछ।

कर्कट राशि

यस सातामा कुल मिलाएर यो सप्ताह मिश्रित फलदायी रहनेछ । आफ्नो योग्यता र प्रतिभालाई विकास गर्ने राम्रो समय हो । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ र वरिष्ट तथा बुजुर्ग व्यक्तिहरूको मार्गदर्शन प्राप्त हुनेछ । प्रेम जीवनमा मिठास बढ्नेछ, प्रेमी वा प्रेमिकाबाट उपहार प्राप्त हुने सम्भावना छ । दाम्पत्य जीवन पनि सुखद रहनेछ । लामो दूरीको यात्रा वा धार्मिक भ्रमणको योजना बन्न सक्छ । कार्यको दबाब भए पनि तपाईं सजिलै सँभाल्ने क्षमता देखाउनुहुनेछ । पुराना साथीहरूसँग भेट वा मेलमिलाप हुन सक्छ ।

कानूनी वा विवादास्पद विषयमा शान्त रहनुहोस् । परिवारमा विचार भिन्नता हुनसक्छ, त्यसैले संयम अपनाउनु आवश्यक छ । अनावश्यक विवाद वा छलकपटबाट टाढा रहनुहोस् । लगानी वा आर्थिक निर्णय गर्दा सावधानी अपनाउनुहोस् । अत्यधिक आत्मविश्वासले काम बिग्रन सक्ने सम्भावना छ, त्यसैले व्यावहारिक दृष्टिकोण राख्नुहोस् । स्वास्थ्यमा सानो समस्या, विशेष गरी खानपान सम्बन्धी सावधानी आवश्यक हुनेछ ।

परिवारका केही समस्याले सुरुवातमा मन अस्थिर हुनसक्छ । कार्यमा ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ, त्यसैले अनुशासन र धैर्य अपनाउनुहोस् । विरोधीहरू सक्रिय हुनसक्छन्, त्यसैले कार्यक्षेत्रमा सतर्क रहनुहोस् । जागिरेहरूका लागि पहिलो भाग केही चुनौतीपूर्ण रहनेछ । आलस्य वा अभिमानले हानि पुर्‍याउन सक्छ । व्यापारीहरूले बजारमा आफ्नो प्रतिष्ठा कायम राख्न थप मेहनत गर्नुपर्नेछ । कुनै ठुलो व्यवसायिक निर्णय गर्दा अनुभवी व्यक्तिको सल्लाह लिनुहोस् । कठिन परिस्थितिमा शुभचिन्तक र आत्मीयजनहरूको सहयोगले आत्मबल बढाउनेछ ।

उपाय- प्रत्येक दिन भगवान शिवको उपासना गर्नुहोस् र शिव चालीसाको पाठ गर्नु लाभदायक रहनेछ।

सिंह राशि

यो हप्ता सिंह राशिका हुनेहरुका लागि सामान्य फलदायी रहनेछ । हप्ताको सुरुवात लामो वा छोटो दूरीको यात्राबाट हुनेछ। यात्रा सुखद रहनेछ र नयाँ सम्बन्ध बनाउने अवसर पनि मिल्नेछ। घरमा र बाहिर दुवै ठाउँमा मानिसहरूको सहयोग प्राप्त हुनेछ। विशेषगरी परिवार र मित्रहरूको सहयोगले पुराना रोकिएका काम पूरा हुने सम्भावना छ।

हप्ताको मध्य भागमा सत्ता वा सरकारी क्षेत्रमा संलग्न व्यक्तिको सहयोगले लाभदायक योजना वा अवसर प्राप्त हुनेछ। रोजगारीमा रहेका जातकका लागि हप्ता मिश्रित रहनेछ। कार्यक्षेत्रमा सहकर्मी र वरिष्ठसँग राम्रो तालमेल रहनेछ। तर कार्यप्रति लापरवाही नगर्नुहोस्, नभए बनिरहेका काम बिग्रन सक्छन्।

व्यवसायमा हप्ताको उत्तरार्ध पूर्वार्धको तुलनामा अधिक शुभ र लाभदायक हुनेछ। ठूला डील वा प्रोजेक्टमा सफलता मिल्ने योग छ। परीक्षा वा प्रतियोगिताको तयारी गर्ने छात्र-छात्रालाई सकारात्मक परिणाम मिल्नेछ। अध्ययनमा एकाग्रता कायम रहनेछ।हप्ताको समयमा नयाँ सम्बन्ध सुरु हुन सक्छ। अविवाहित जातकका लागि समय अनुकूल छ।

नयाँ सवारी साधनको खरीद गर्न सकिन्छ। व्यापार सम्बन्धी विदेश यात्रा र नयाँ साझेदारको सम्भावना रहेको छ। प्रतिभा देखाउन र महत्वपूर्ण बैठकमा सहभागी हुने अवसर प्राप्त हुनेछ। धन लाभको अवसर आउन सक्छ। योजनाबद्ध कामले प्रतिष्ठा र सफलता बढाउनेछ। रियल एस्टेट वा अन्य प्रोजेक्टमा ठूलो डील हुन सक्छ।

अरूसँग गुप्त कुरा साझा नगर्नुहोस्।बच्चाहरूप्रति राम्रो व्यवहार गर्नुहोस्।स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। विशेष गरी परिवारका सदस्यको स्वास्थ्यले चिन्ता दिन सक्छ।वरिष्ठ व्यक्तिसँग मनमुटाव हुनसक्छ।खर्च बढ्ने सम्भावना छ।

उपाय- हरेक दिन भगवान श्री विष्णुको पूजा गर्नुहोस् । विष्णु सहस्त्रनाम पाठ गर्नु लाभदायक हुनेछ।

कन्या राशि

यो हप्ता शुभ फलदायी रहनेछ । भाग्यले तपाईंलाई पूरा सहयोग दिनेछ र सोचेका काम समयमै सफल हुनेछन्। तपाईंको पराक्रम र क्षमतामा वृद्धि हुनेछ।नोकरीपेशा जातकका लागि कार्यक्षेत्र अनुकूल रहनेछ। पद, प्रतिष्ठा र कार्यको प्रशंसा बढ्नेछ। अधिकारीसँग सम्बन्ध राम्रो रहनेछ र कार्यसम्बन्धी समस्या समाधान हुनेछ। व्यवसायमा पनि हप्ता अनुकूल छ। बजारमा तपाईंको प्रभाव कायम रहनेछ। तर ठूला लगानी अघि शुभचिन्तकको सल्लाह लिनु लाभदायक हुनेछ। हप्ताको उत्तरार्धमा लाभ र सफलता अझै बढ्नेछ।

छात्र-छात्रालाई अध्ययनमा मन केन्द्रित रहनेछ र मेहनतको फल प्राप्त हुनेछ।

प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ। पारिवारिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। मित्र र नातेदारको सहयोग प्राप्त हुनसक्छ । सामान्यतः राम्रो रहनेछ ।शेयर बजार वा व्यापारमा पुरानो घाटा कटौती हुन सक्छ। ठूलो लगानी गर्नु अघि भविष्य योजना ध्यानमा राख्नुहोस्। धार्मिक र सामाजिक कार्यमा सहभागिता बढ्नेछ।

उपाय- हरेक दिन देवी दुर्गाको पूजा गर्दै दुर्गाष्टकं पाठ गर्नु लाभदायक हुनेछ।

तुला राशि

यो हप्ता मिश्रित फलदायी रहनेछ । तपाईंको जीवनमा ठूला परिवर्तनहरू देखिन सक्छन्। समय उतार–चढावयुक्त रहनेछ । केही दिन राम्रो, केही दिन चुनौतीपूर्ण जस्तो अनुभव हुनेछ । हप्ताको सुरुवातमा आलस्यले प्रभाव पार्न सक्छ। कामप्रति लापरवाही वा टालमटोलले तपाईंको प्रतिष्ठामा नकारात्मक असर पार्न सक्छ, त्यसैले ध्यान दिनु आवश्यक छ।

हप्ताको मध्य भागमा परिस्थितिमा सुधार र अनुकूलता अनुभव हुनेछ, तर उत्तरार्धमा फेरि चुनौतीहरू देखिन सक्छन्। नोकरी पेशा हुनेहरूले थप मेहनत र प्रयास गर्नु पर्नेछ। अतिरिक्त कामको दबाबले शारीरिक र मानसिक थकान महसुस हुन सक्छ।व्यवसायीहरूले विशेष सावधानी अपनाउनु पर्छ, नभए लाभ प्रभावित हुन सक्छ।

विरोधीहरूले पनि तपाईंको कार्यको प्रशंसा गर्नेछन्। भूमि, भवन वा पैतृक सम्पत्तिसँग सम्बन्धित विवाद भएमा प्रभावशाली व्यक्तिको मध्यस्थताबाट समाधान हुनसक्छ। घरको साजसज्जा, आरामदायी वस्तु वा विलासितामा खर्च बढ्ने सम्भावना छ ।

सम्बन्ध नाता सुधार्न विनम्रता अपनाउनुहोस्। प्रेम सम्बन्धमा धैर्य र सोचविचारका साथ कदम चाल्नुहोस्, उतावली व्यवहारबाट बच्नुहोस्।यो हप्ता तपाईंले आफ्ना प्राथमिकतामा स्पष्ट रहनु आवश्यक छ। ठूलो उपलब्धि वा अवसर पाउन केही समझौता वा त्याग गर्नुपर्ने हुन सक्छ।

उपाय- नित्य ॐ नम शिवाय मन्त्र दैनिक १०८ पटक जप गर्नुहोस्।

वृश्चिक राशि

यो हप्ता चुनौती छ तर अवसरपूर्ण पनि रहनेछ । मेहनत र लगनका बाबजूद सुरुका दिनमा कार्यक्षेत्रमा मनचाहा परिणाम नआउन सक्छ। वरिष्ठ अधिकारीहरू पूर्ण सन्तुष्ट नहुनाले हल्की निराशा हुन सक्छ । कार्य र व्यवसाय दुवै क्षेत्रमा सकारात्मक संकेत छन् । वरिष्ठ र जूनियर दुबैको सहयोगले काममा गति आउँछ ।

ऊर्जा उच्च रहनेछ र अधूरा कामहरू सकारात्मक दृष्टिकोणले पूरा गर्न सकिनेछ । व्यवसायमा लाभ प्राप्त हुने र विस्तारका नयाँ योजना सफल हुने सम्भावना छ। पार्टनरसिपमा तालमेल बढ्नेछ र ठूलो मुनाफा सम्भव छ। लगानीका लागि समय लाभदायक छ ।

हप्ताको मध्य भागमा परिवार र प्रियजनतर्फ झुकाव बढी रहनेछ। छोटो वा लामो दूरीको यात्रा हुन सक्छ। पैतृक सम्पत्तिसँग सम्बन्धित अडचनहरू हट्नेछन् र घरमा सौहार्दपूर्ण वातावरण रहनेछ।

वरिष्ठ सदस्यहरूको आशीर्वाद र सहयोग प्राप्त हुनेछ। समाजमा प्रतिष्ठा र प्रभाव बढ्नेछ।अप्रत्याशित लाभ मिल्ने सम्भावना छ। व्यवसायसँग सम्बन्धित रोकिएको पैसा बजारबाट फिर्ता हुन सक्छ। विभिन्न स्रोतबाट धन प्राप्ति हुनेछ। नोकरीपेशा जातकका लागि अतिरिक्त आयका स्रोत खुल्नेछन् र संचित धनमा वृद्धि हुनेछ।विद्यार्थीहरूको लागि हप्ताको उत्तरार्ध अध्ययन र परीक्षा परिणामको दृष्टिले लाभदायक छ। मन पढाइमा केन्द्रित रहनेछ।

साथी वा संगतमा विशेष ध्यान दिनुहोस्, केही व्यक्तिले तपाईंलाई लक्ष्यबाट भटकाउन सक्छन् । हप्ताको उत्तरार्धमा घर–परिवारको कुनै समस्या चिन्ताको कारण बन्न सक्छ। दाम्पत्य जीवन सामान्य रहनेछ।

उपाय- हरेक दिन हनुमानजीको पूजा र चालिसा पाठ गर्नु लाभदायक हुनेछ।

धनु राशि

यो हप्ता शुभ र सौभाग्यपूर्ण रहनेछ । हप्ताको सुरुवातमा केही ठूलो समस्याबाट मुक्ति मिल्नेछ। भाग्यको सहयोगले कठिनाइहरू सहज रूपमा समाधान हुनेछन्। तर आफ्नो वाणीमा संयम राख्न आवश्यक छ, अति उत्साहमा निर्णय गर्दा चीजहरू बिग्रन सक्छन्।नोकरीपेशा जातकका लागि पूरा हप्ता अनुकूल छ।

बेरोजगारहरूले रोजगारी प्राप्त गर्ने अवसर पाउनेछन्। कार्यक्षेत्रमा समस्या समाधान हुनेछ र अधिकारी तथा सहकर्मीहरूसँग राम्रो तालमेल रहनेछ।

व्यवसायीका लागि समय उत्तम छ। व्यापारिक लाभ अनुकूल रहनेछ। हप्ताको उत्तरार्धमा लगानी, भूमि वा भवनको क्रय–विक्रय लाभदायक रहन सक्छ। पार्टनरशिपमा काम गर्नेहरूले धन लेनदेनमा सावधानी अपनाउनु आवश्यक छ, नभए नोक्सानको सम्भावना छ।

विद्यार्थीहरूले परीक्षा वा प्रतियोगितामा मनचाहा सफलता प्राप्त गर्नेछन्।सम्बन्ध अनुकूल रहनेछन्। प्रेम सम्बन्ध प्रगाढ हुनेछन्। वैवाहिक जीवन सुखमय रहनेछ। शारीरिक थकान, निन्द्राको कमी वा पुरानो रोगको प्रभाव देखिन सक्छ। खानपान र स्वास्थ्य सुरक्षा विशेष ध्यान दिनुहोस्। यात्रा गर्दा स्वास्थ्यमा ख्याल राख्नुहोस्। योग र ध्यानले राहत दिनेछ।

उपाय- हरेक दिन विष्णु सहस्त्रनाम पाठ गर्नु लाभदायक हुनेछ।

मकर राशि

यो हप्ता मकर राशि हुनेका लागि लाभ र प्रगतिको अवसरपूर्ण रहनेछ। हप्ताको
सुरुवातमा सरकारी वा राजकीय काममा सफलता मिल्ने सम्भावना छ । नोकरीपेशा जातकलाई वरिष्ठ अधिकारीबाट सराहना र सहयोग प्राप्त हुनेछ। व्यवसायीहरूले लाभका नयाँ स्रोत पाउनेछन्। यदि नयाँ लगानी वा योजना बनाउने सोच छ भने यो समय अनुकूल छ। धनको आगमन क्रमिक रूपमा बढ्नेछ, जसले आर्थिक स्थिति बलियो बनाउनेछ।

हप्ताको मध्य भागमा परिवारका वरिष्ठ सदस्यसँग समय बिताउने अवसर हुनेछ। धार्मिक वा आध्यात्मिक यात्राले मनलाई शान्ति दिनेछ। परिवारका सदस्यको उपलब्धिले घरमा खुशीको वातावरण बनाउनेछ।

व्यापारीहरूलाई लाभको अवसर मिल्नेछ। तर हप्ताको उत्तरार्धमा धनमा लगानी गर्दा सतर्क रहनु आवश्यक छ। यदि भू–सम्पत्ति वा भवनको क्रय–विक्रय विचार गर्दै हुनुहुन्थ्यो भने हप्ताको अन्त्यसम्म मनचाहे लाभको सम्भावना छ। बेरोजगार जातकलाई उत्तरार्धमा रोजगारी प्राप्त हुनसक्छ।

साप्ताहिक काममा थोरै आलस्य देखिन सक्छ। तर शुभचिन्तकको सहयोगले काम समयमै र मनचाहे अनुसार पूरा हुनेछ। कामकाजी महिलाहरूको यस हप्तामा सम्मान र प्रशंसा बढ्नेछ।

परिवारमा प्रेम र सामञ्जस्य रहनेछ। सानो भाई–बहिनीको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछन्।

उपाय- हरेक दिन भगवान शिवको पूजा गर्दै चालिसा पाठ गर्नु लाभदायक हुनेछ।

कुम्भ राशि

यो हप्ता मिश्रित फलदायी रहनेछ । जीवनको गति कहिले तीव्र र कहिले ढिला जस्तो अनुभव हुन सक्छ । हप्ताको सुरुवातमा लामो समयदेखि चलेको समस्या समाधान हुनेछ, तर नयाँ चुनौतीहरूले मन खिन्न हुन सक्छ।

वाहन चलाउँदा विशेष सतर्कता अपनाउनु आवश्यक छ। नोकरीपेशा जातकका लागि कार्यक्षेत्र कहिले अनुकूल त कहिले प्रतिकूल रहनेछ। हप्ताको पूर्वार्ध उत्तरार्धको तुलनामा बढी अनुकूल हुनेछ।

व्यवसायीहरूले कुनै पनि योजना वा लगानी सोच–विचारपूर्वक गर्नु पर्छ। बजारमा आफ्नो प्रतिष्ठा कायम राख्न प्रतिद्वंद्वीहरूसँग कडा प्रतिस्पर्धा आवश्यक हुनेछ। साझेदारीमा व्यवसाय गर्नेहरूले हिसाब–किताब स्पष्ट राख्नुपर्छ। अपेक्षाभन्दा बढी लाभ प्राप्त हुने सम्भावना छ। लामो समयदेखि योजना गर्दै आएको विस्तार कार्य अब साकार हुनेछ।

परिवारमा सामञ्जस्यमा केही कठिनाइ आउन सक्छ। केहीले तपाईंको कुरा गलत अर्थमा लिन सक्छन्। हप्ताको मध्यमा साना भाई–बहिनीहरूसँग वैचारिक मतभेद हुन सक्छ। जीवनसाथीको स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ। परिवारका सदस्यको विवाहले घरमा खुशीको वातावरण ल्याउनेछ। माता-पिताको आशीर्वादले भाग्यवर्धन गर्नेछ। मित्र र परिजनको सहयोगले कठिनाइ पार गर्न मद्दत मिल्नेछ।

उपाय- हरेक दिन हनुमान चालिसा पाठ गर्नु लाभदायक हुनेछ ।

मीन राशि

यो हप्ता मिश्रित फलदायी रहनेछ। हप्ताको अधिकांश समय घर र परिवारसँग सम्बन्धित चुनौतीपूर्ण परिस्थितिहरू सामना गर्नुपर्ने हुनसक्छ। घरका बुजुर्गको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ। परिवार र सम्बन्धमा अहंकार वा भावनात्मक टकरावबाट टाढा रहनु आवश्यक छ।

विवादबाट बच्न र मतभेद समाधान गर्न संवादको माध्यम प्रयोग गर्नु लाभदायक हुनेछ।कार्यक्षेत्र र व्यवसायमा आवश्यक कामलाई आलस्यबाट टार्न नहोस्, नभए महत्वपूर्ण अवसर चुक्न सक्छ। नोकरीपेशा जातकले आफ्नो काम आफैँ सम्पन्न गर्नुपर्छ, अरूमा छोड्नु हुँदैन।

व्यवसायीहरूले आयको तुलनामा खर्च बढी हुनसक्छ। प्रतिस्पर्धीहरूसँग सामना गर्नु पर्नेछ र आफ्नो प्रतिष्ठा कायम राख्न सतर्क रहनुपर्छ। धनको लेनदेन गर्दा विशेष सावधानी अपनाउनु पर्छ। जोखिमयुक्त योजना वा अरूलाई ऋण दिनु अघि सोच-विचार गर्नु आवश्यक छ।सप्ताहको सुरूवातमा अचानक ठूलो खर्चले आर्थिक पक्षमा असर पार्न सक्छ।

हप्ताको उत्तरार्धमा आर्थिक मामिलामा धैर्य राख्नु लाभदायक हुनेछ। अनावश्यक खर्चबाट बच्नुहोस्, नभए आर्थिक समस्याको सामना गर्नुपर्छ।सप्ताहको सुरूवातमा जीवनसाथी वा प्रेमी/प्रेमिकासँग सानो कुरा लिएर विवाद हुन सक्छ। अनावश्यक तनाव र बहसबाट बच्नुहोस्। प्रेम र वैवाहिक जीवन सुखमय बनाउन धैर्य र आपसी समझदारी आवश्यक छ। सम्बन्ध सुधार गर्न आफ्ना विचार स्पष्ट तर शान्तिपूर्ण रूपमा व्यक्त गर्नुहोस् र अरूको भावना सम्मान गर्नुहोस्।

उपाय- हरेक दिन नारायण कवचको पाठ गर्नु लाभदायक हुनेछ।

Skip This
Skip This
Logo