रौतहट । रौतहटको गौरमा घाँस लिन गएका तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये चार जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको हो । राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त सुचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोले बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरुको खोजी गरेको थियो । अहिले मृतको तीन बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।































प्रतिक्रिया