जनकपुरधाम

घरेलु मदिराको सेवन गर्दा धनुषामा एकै टोलका चार जनाको ज्यान गएको छ भने एकजना सिकिस्त छन् । "/>

घरेलु मदिरा सेवन गर्दा चार जनाको मृत्यु !

घरेलु मदिरा सेवन गर्दा चार जनाको मृत्यु !

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

घरेलु मदिराको सेवन गर्दा धनुषामा एकै टोलका चार जनाको ज्यान गएको छ भने एकजना सिकिस्त छन् । जिल्लाको कमला नगरपालिका–५ लक्कड निवासी दलित समुदायका चार जनाको बुधबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, सिंग्याही मडान निवासी ४५ वर्षीय साबिर अन्सारी र ३६ वर्षीय मणि पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिएका छन् ।

सिकिस्त बिरामी जामनु पासवानको अवस्था पनि चिन्ताजनक रहेको र उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको बताइएको छ । मृतकहरुले मंगलबार सिँग्याही मडान चोकमा एक भट्ठीमा घरेलु मदिरा सेवन गरेपछि बिरामी भएर वान्ता गरेको स्थानीयहरुले जनाएका छन् ।

घरेलु मदिरामा प्रयोग हुने अखाद्य वस्तुहरुका कारण उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान गरिए पनि चिकित्सकहरुको जांच र मेडिकल रिर्पोट पछि मात्रै मृत्युको कारणबारे खुलाउन सकिने प्रहरी नायब उपरीक्षक साहीले बताए ।
अन्नपूर्णबाट

Logo