पोखरामा एक प्रहरी हवल्दारको मृत्यु

पोखरामा एक प्रहरी हवल्दारको मृत्यु

केन्द्रबिन्दु
6
Shares

पोखरा । पोखरामा एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार डिउटीमा खटिएका हवल्दार ओमकुमार थापाको मृत्यु भएको हो । उनी पोखरा १३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए ।

ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

नवलपुर विनय त्रिवेणी गाउँपालिका ६ शिवपुरगढी घर भएका उनी जिल्ला अदातल समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्की दरबन्दी भएर हाल सीआरभी भद्रकालीमा कार्यरत थिए ।

Logo