काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
को १ झ ६५० नम्बरको सरकारी गाडीले बिहीबार दिउँसो विराटनगरबाट बेलबारी तर्फ जाने क्रममा ग्रामथान–५ ककडमाडीमा बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइक चालक ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट घाइते भएका ग्रामथान गाउँपालिका–५ का चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा सांसद आङ्बो भने गाडीमा सवार थिएनन् ।





























प्रतिक्रिया