दुर्गा प्रसाईं मध्यरातमा पक्राउ

दुर्गा प्रसाईं मध्यरातमा पक्राउ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं मध्यरातमा पक्राउ परेका छन् ।

भक्तपुरस्थित सोमबार राति निवासबाटै प्रसाईं पक्राउ परेका हुन् । मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका उनलाई प्रहरीले निवासमै प्रवेश गरेर प्रक्रिया नियन्त्रणमा लिएको हो ।

प्रसाईं पक्राउ परेसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरेको हो ।

Logo