काठमाडौं । सिमरा विमानस्थल आसपास क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बुधबार दिउँसो विमानस्थल क्षेत्रमै जेनजी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि कर्फ्यु आदेश जारी गरेका हुन् ।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी भएको हो ।
































प्रतिक्रिया