काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा बिहीबार जेनजी समूहका युवालाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज पनि प्रदर्शन भएको छ।
नेकपा एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन सुरु गरेका हुन्।
बिहीबार एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेललगायत नेता सिमरा पुग्ने कार्यक्रम रहेको थियो । तर उनीहरुलाई स्वागत गर्न बसेका एमालेका कार्यकर्ता र जेनजीबीच झडप हुँदा विमानस्थल नै बन्द हुने स्थिती आएको थियो । हिजोको झडपको घटनालाई लिएर २ जना वडा अध्यक्षलाई प्रहरीले हिरासतमा लिएको छ।
प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो । सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ ।































प्रतिक्रिया