काठमाडौं । बाराको सिमरा बजार क्षेत्रमा जेनजी युवाहरु र प्रहरीबीच झडप भएको छ ।
सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै युवाहरुको ठूलो समूह प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ ।
हाल उक्त क्षेत्रमा कर्फ्यू आदेश पनि जारी भएको छ ।





























प्रतिक्रिया