दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको भीड [तस्विरहरु]

दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको भीड [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

धान्य पूर्णिमाको अघिल्लो दिन आज नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा पूजा आरधना गर्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको यस मन्दिरमा अविवाहितलाई जोडी प्रदान गर्ने, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वरको प्रख्याति छ । प्रत्येक वर्ष मङ्सिरे पूर्णिमामा दुप्चेश्वरमा मेला लाग्ने गर्छ।

Logo