वीरगन्ज

दाइजो नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । "/>

बुलेट मोटरसाइकल दाइजो नपाउँदा बुहारीको हत्या !

बुलेट मोटरसाइकल दाइजो नपाउँदा बुहारीको हत्या !

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

दाइजो नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । मृतक अन्जुमकी आमा रोशन जहानले आफुलाई फोन गरेर मागेको बुलेट मोटरसाइकल नदिएपछि ज्यान नै मार्ने धम्की पनि दिएको जानकारी गराइन् ।

कतारमा रहेका ज्वाँइ अफरोजले छोरीलाइ फोन गरेर बुलेट मोटरसाइकल माइतीबाट माग्न पटक पटक दबाब दिँदै आएको भन्दै अन्जुमकी आमा रोशनले भनिन् ,‘बिहे हुँदा १० कठ्ठा खेत बेचेर अढाई लाख भारु दाइजो दिएको हो , अहिले फेरि बुलेट मोटरसाइकल माग्दै उनीहरुले छोरीलाई यातना दिइरहेका थिए, त्यही बुलेट मोटरसाइकल दिन नसक्दा मैले मेरो छोरी नै सदाका लागि गुमानु पर्‌यो ।

अन्जुमका बाबु मुस्तकिम देवानले एक वर्ष पहिले ज्वाँइ अफरोज घरमै छँदा दाइजोको निहुँमा छोरीलाई पटक पटक यातना दिएको बताए । उनले घरबाट निकालेर रक्सौलमा लगरे अलपत्र पारेर छाडेको बताउँदै भने , ‘त्यस बेला गाँउमै पञ्चायती बसाएर छोरीलाई ससुरा घरमा पठाएको थिएँ ।’

ज्वाइँले दाइजोमा मागेको बुलेट मोटरसाइकल नदिएकै निहुँमा आफ्नो छोरी अन्जुमको उनका सासु, ससुरा, नन्द र फुपाजु सासुले घाँटी थिचेर हत्या गरेको मुस्तकिमको आरोप छ । प्रहरीले मंगलबार बिहान नौ बजेतिर आफ्नै घरको कोठामा अन्जुमको शव शंकास्पद अवस्थामा फेला पारेको थियो । घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अन्जुमका परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।
अन्नपूर्णबाट

Logo