बंगलादेशमा हिन्दूमाथि भएकाे ज्यादतीकाे विरोधमा जनकपुरधाममा र्याली निकालिने

बंगलादेशमा हिन्दूमाथि भएकाे ज्यादतीकाे विरोधमा जनकपुरधाममा र्याली निकालिने

केन्द्रबिन्दु
18
Shares

जनकपुर । बंगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा भोली जनकपुरधाममा भव्य विरोध र्याली निकालिने भएको छ।

जनकपुरधाममा बुधबार (आज) साधु सन्तहरुको संस्था वैषणव समाजले पत्रकार सम्मेलन गर्दै भोली विरोध र्याली निकाल्ने जानकारी दिएको हाे । समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले भोली ३ बजे जनकपुरधामसहित सम्पूर्ण राष्ट्रभरका हिन्दूहरुलाई जानकी मन्दिरमा एकत्रित हुन आग्रह गरेका छन् ।

उनले बंगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए । उनले दिपु दासको हत्यामा संलग्न सबैजनालाई दिपु दासको हत्या गरे जस्तै बीच चौराहामा लगेर फाँसी लगाई जलाउनु पर्ने माग राखेका छन् ।

उनले दोषीलाई कारबाही गर्न नेपालबाट कुटनीतिक दबाब सृजना गर्न भोली विरोध र्याली गर्न लागेको जानकारी दिए ।

Skip This
Skip This
Logo