बाजुराको हिमाली क्षेत्रबाट देखिएको सुन्दर दृश्य [तस्विरहरु]

बाजुराको हिमाली क्षेत्रबाट देखिएको सुन्दर दृश्य [तस्विरहरु]

केन्द्रबिन्दु
3
Shares

बाजुरा प्राकृतिक सौन्दर्यताले आफैमा भरिपूर्ण छ । विकासका हिसाबले दुर्गम मानिने बाजुरा प्राकृतिक रुपमा निकै धनी छ । यहाँका नौं वटै स्थानीय तह उच्च लेकाली तथा हिमाली भू–भागमा पर्छन्।

स्वर्गको टुक्रा मानिने बाजुरा साच्चिकै अथाह सम्भावना बोकेको जिल्लाको रुपमा चिनिन्छ। यहाँका हरेक गाउँवस्ती निकै विकट छन्। तर सम्भावनाले भरिपूर्ण छन् । प्रचुर सम्भावना बोकेका तर पर्यटन प्रबर्द्धन हुन सकिरहेको छैन । सुन्दर डाँडापाखादेखि कहालीलाग्दा भिमकाय चट्टान, सेताम्य हिमश्रृंखला यहाँ देख्न सकिन्छ। यो बर्ष हिउँदे वर्षा र हिमपात नहुँदा अग्ला हिमालहरु पनि सुख्खा र नाङ्गा छन्।

Logo