काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मोवाइलमा म्यासेज पठाएको आरोपमा प्रहरीले ३४ वर्षीय निर्देश सेढाईलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार काठमाडौँको हात्तीसारबाट उनलाई पक्राउ गरेको हो । ‘प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी महान अधिराज्य नेपाल बनाउनको लागि पुस ३० पुसको १२ बजे राजावादी प्रदर्शनमा आउन आह्वान गर्दै निर्देश सेढाईं,’ भनिएको उल्लेख थियो।
सेढाईं वेदव्यास इन्टरप्राइजेज नामक कम्पनी सञ्जालन गर्दै आएका थिए । सोही कम्पनीको नामबाट उनले विभिन्न एसएसएस प्रदायकबाट सेवा लिएका थिए । र, एकै दिन लाखौं एसएमएस पठाएका थिए ।





























प्रतिक्रिया