काठमाडौंबाट एक महिनामै हराए २४१ जना

काठमाडौंबाट एक महिनामै हराए २४१ जना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंबाट एक महिनाको अवधिमा २४१ जना मानिस हराएको निवेदन प्रहरीमा परेको छ।

शनिबार जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको पौष महिनाको मासिक प्रगति विवरण अनुसार विभिन्न उमेर समूहका २४१ जना हराएका हुन् ।

प्रहरीको तथ्याङ्क अनुसार पौष महिनामा विभिन्न उमेर समूहका २४१ जना हराएका छन्। जसमा ७३ जना महिला, ८१ जना पुरुष, २६ जना बालक र ६१ जना बालिका रहेका छन्। हराएका मध्ये १४८ जना फेला परेको प्रहरीले जनाएको छ। फेला पर्नेमा ३८ महिला, ४७ पुरुष, १७ बालक र ४६ जना बालिका रहेका छन्।

अझै पनि ठूलो संख्यामा हराएका मानिसहरु सम्पर्कमा आउन नसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

Skip This
Skip This
Logo