रुपन्देहीको सम्मरीमाईमा ग्यास सिलिन्डर विस्फोट, एक युवकको मृत्यु

रुपन्देहीको सम्मरीमाईमा ग्यास सिलिन्डर विस्फोट, एक युवकको मृत्यु

केन्द्रबिन्दु
12
Shares

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना को ज्यान गएको छ ।

ग्यास सिलिन्डर पड्किँदा ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनबहादुर रावलका अनुसार फलाम काट्न प्रयोग गरिने ग्यास सिलिन्डर अचानक विष्फोट भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo