एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

केन्द्रबिन्दु
33
Shares

चितवन। चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् ।

आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गरेका हुन्। नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो । उनले भने“महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो ।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको उनले बताए ।

नागरिकता दिँदै उनले भने,“आमाको ख्याल गर्नु । आफ्नो लक्ष्यबाट पछि नहट्नु ।” नागरिकता पाएपछि दुई भाइले अब आँफुहरु पनि नेपाली नागरिक भएको भन्दै खुसी व्यक्त गरे।

आमाको नामबाट नागरिकता पाउनु आफ्ना लागि महत्वपूर्ण क्षण भएको उनीहरुले बताए । उनीहरुले क्रमशः २४ र २० वर्षको उमेरमा नागरिकता पाएका हुन् ।

Skip This
Skip This
Logo