गल्छीमा २६ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक युवक पक्राउ

गल्छीमा २६ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक युवक पक्राउ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा धादिङको गल्छीबाट एक युवक पक्राउ परेका छन्।

गल्छी गाउँपालिका–१ बस्ने २४ वर्षीय विशाल खतिवडालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।
पीडितको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

विशालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका खतिवडामाथि जबरजस्ती करणीको मुद्दामा आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताको छ ।

Logo