धनगढी। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा ३ जनालाई पक्राउ परेका छन्। घटनामा संलग्न अन्य ४ जना फरार रहेका प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन् । फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार, घटनामा आशिक र उनका भाइले कुटपिट गर्दा हवल्दार घर्तीको टाउकोमा धारिलो हतियारले चोट पुगेको थियो। घटना अस्मिता बियर बारसँग सम्बन्धित विवादले उत्पन्न भएको प्रहरीको अनुमान छ ।
फरार रहेका चार जनाको खोजी कार्य जारी छ भने थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले जानकारी दिएका छन् ।





























प्रतिक्रिया