२७ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

२७ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

केन्द्रबिन्दु
51
Shares

झापा। झापामा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेल रहेका छन्।

पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। उजुरी प्राप्त भएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले बिहीबार राति पौडेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका पौडेललाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। घटनासम्बन्धी प्रमाण संकलन र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Logo