असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

असुरक्षा भएको भन्दै अरनिको यातायातले रोक्यो मन्थलीबाट चल्ने गाडी

केन्द्रबिन्दु
63
Shares

रामेछाप । नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको रुट प्रयोग गरी सञ्चालन हुने आफ्ना सम्पूर्ण क्यूका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ ।

सुरक्षा जोखिमको कारण देखाउँदै नेपाल अरनिको यातायातले काठमाडौंबाट सो रुटमा चल्ने बसको सेवा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै रामेछाप मन्थली नगरपालिका–६ मसानटारमा भएको दुर्घटनाका कारणले अर्को सूचना नआएसम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको जनाएको छ ।

गत मंगलबार रामेछापको मन्थलीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने सात जना यात्रु घाइते भएका थिए । सो दुर्घटनामा तीन जना हराइरहेका छन् । पीडित पक्षसँग छलफलमा समेत नबसेको कम्पनीले सुरक्षाको कारण देखाउँदै बस सेव स्थगित गरेको जनाएको छ ।

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल अरनिको यातायात सेवा प्रा.लि. अन्तर्गत काठमाण्डौं खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरि सञ्चालन हुने सम्पूर्ण क्यूका बसहरु सुरक्षा जोखिम (रामेछाप मन्थली न.पा.–६ मसानटार) दुर्घटनाका कारणले अर्को सूचना नआए सम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको ब्यहोरा सम्बद्ध सम्पूर्ण ब्यवसायी, मजदुर, कर्मचारीहरुमा जानकारीको लागि आदेशानुसार सूचित गरिन्छ ।’

Skip This
Skip This
Logo