समर्थगुरु संघ नेपालद्वारा महाशिवरात्रि महापर्व भव्य रूपमा सम्पन्न

समर्थगुरु संघ नेपालद्वारा महाशिवरात्रि महापर्व भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । समर्थगुरु संघ नेपालको आयोजनामा यस वर्षको महाशिवरात्रि महापर्व बुद्धनगरस्थित अल्फा बेटा कम्प्लेक्समा भव्य रूपमा सम्पन्न भएको छ। महाशिवरात्रि महोत्सव श्रद्धा, भक्ति र उत्सवपूर्ण वातावरणमा सम्पन्न भएको हाे ।

कार्यक्रममा सत्सङ्ग, ध्यान, आरती तथा आध्यात्मिक प्रवचनका माध्यमबाट भगवान शिवले मानवजातिलाई प्रदान गरेकाे ध्यान र ज्ञानको विज्ञानबारे सहभागीहरूलाई परिचित गराइएको थियो। साे अवसरमा उपस्थित साधक तथा सहभागीहरूले ज्ञान, ध्यान र उत्सवको आध्यात्मिक अनुभूति प्राप्त गरेका थिए।

कार्यक्रममा समर्थगुरु धाराका केन्द्रीय संयोजक आचार्य दर्शन जीले महाशिवरात्रिको आध्यात्मिक महत्वबारे प्रकाश पार्दै भगवान शिवले मानव जातिलाई प्रदान गरेको ध्यानको महान विज्ञानबारे विस्तृत रूपमा बताए । उनले ध्यानमार्फत प्राप्त हुने ज्ञान नै वास्तविक ज्ञान भएको उल्लेख गर्दै बाहिरी ज्ञान केवल सूचनात्मक मात्र हुने बताए । साथै, भगवान शिवद्वारा मानव कल्याणका लागि प्रदान गरिएका ध्यान–विधिहरूले साधकलाई सत्य, शान्ति र आत्म–अनुभूतिको मार्गतर्फ अग्रसर गराउने कुरा व्यक्त गरे ।

“ध्यानीहरूमध्ये शिव सार समान छन्, ज्ञानीहरूमध्ये गोरखनाथ।” भन्ने सन्देशमार्फत ध्यानबाट ज्ञानको जन्म हुने र ध्यान नै जीवन रूपान्तरणको आधार भएको विषयमा सहभागीहरूलाई प्रेरित गरिएको थियो।

कार्यक्रममा ध्यान अभ्यास, शिव आरती तथा उत्सवपूर्ण वातावरणमार्फत सहभागीहरूले गहिरो आध्यात्मिक अनुभव प्राप्त गरेका थिए । १५० भन्दा बढी साधकहरूको सहभागिता रहेको उक्त कार्यक्रम सामूहिक ऊर्जा, मौन र चेतनाको अनुभूतिले भरिएको थियो। यस अवसरमा समर्थगुरु संघ नेपालले ध्यान, प्रेम र उत्सवपूर्ण जीवनको माध्यमबाट व्यक्तिको आन्तरिक रूपान्तरण तथा समग्र कल्याणको मार्गलाई समाजमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

समर्थगुरु संघले आनन्द र उत्सवपूर्ण जीवनका लागि जीवनशैली रुपान्तरण गर्न प्रेरकको भूमिका खेल्दै आएको छ । यसअघि पनि संघले देशका विभिन्न स्थानमा जनचेतनामूलक ध्यानका अन्तर्क्रियात्मक कार्यक्रम प्रयोगका साथ गर्दै आएको छ ।

Skip This
Skip This
Logo