झापा
घरमा भोगिरहेको हिंसाबाट जोगिन वैदेशिक रोजगारीमा गएका महिला विदेशमा झनै ठूलो यातनाको सिकार बन्दै फर्किन बाध्य छन् । "/>

घरेलु हिंसाबाट जोगिन बिदेसिएका महिलाहरुको अवस्था झन दयनिय बन्दै

घरेलु हिंसाबाट जोगिन बिदेसिएका महिलाहरुको अवस्था झन दयनिय बन्दै

केन्द्रबिन्दु
0
Shares

झापा
घरमा भोगिरहेको हिंसाबाट जोगिन वैदेशिक रोजगारीमा गएका महिला विदेशमा झनै ठूलो यातनाको सिकार बन्दै फर्किन बाध्य छन् । विदेशमा सहेको यातना र दुव्र्यवहारको पीडाले धेरैको जीवन थप बर्बादीतिर गएको छ । कोही भने लामो समय देखि सम्पर्कविहीन हुँदा उनीहरुको घरबार समेत भताभुंग बनेको छ ।

स्वास्थ्य, शिक्षा र रोजगारीको अवसरका दृष्टिले ‘अगुवा’ भनेर प्रचार गरिँदै आएको झापामै पनि यस्ता धेरै महिला छन्, जसले घरको हिंसा छल्न बिदेसिँदा त्यहाँ झन् ठूलो यातनाको सिकार सहेका छन् । यो समस्या विपन्न परिवारमा मात्रै सीमित छैन । सम्पन्न परिवारकै सदस्यहरु पनि यस्तो समस्याको चंगुलमा फसेको पाइएको छ । ‘विदेश गएर नकमाई नहुने अवस्थाका परिवारमा त छँदैछ, सम्पत्ति भएका परिवारका महिला पनि पीडित भएको भेटिएको छ,’ महिला जनचेतना केन्द्र झापाकी प्रमुख राधा प्रधान कार्कीले भनिन्, ‘हिंसाको मोडेल फरक छ तर पीडा समान छ । त्यसैले बिदेसिने धेरै छन् । विदेशमा पुगेर झन् ठूलो यातना भोग्नेहरु पनि धेरै छन् । उनीहरुको पुनस्र्थापना र भावी जीवन सहज बनाउने विषय सोच्दा पनि कहाली लाग्दो छ।’

यस्तै मध्येकी एक हुन् झापा मेचीनगरकी गीता चौधरी (नाम परिवर्तन) । दुई छोराछोरी हुर्किंदै थिए । गीतालाई उनीहरुको भविष्यको चिन्ताले गाँज्दै थियो । तर घरेलु अवस्था भने लालाबालाको बलियो भविष्य उन्मुख थिएन । दिनरात रक्सी खाएर आफूलाई कुटपिट गर्ने पति, उनकै कार्यशैलीलाई प्रोत्साहित गर्ने अभिभावकको रबैया लगायतले उनलाई निरन्तर निराशातिर धकेलिरहेको थियो।

यस्तो अवस्थाबाट मुक्तिका लागि उनले देखेको एक मात्र विकल्प थियो, वैदेशिक रोजगारी । नभन्दै घरेलु हिंसाको चंगुलबाट छुटकारा पाइने र आर्थिक रुपमा पनि सबल बन्ने आशा लिएर उनी कुवेत पुगिन् । तर गीताका लागि त्यो बिरानो ठाउँ ‘तावाबाट उम्केर भुंग्रो’ जस्तै भयो । जुन घरमा उनी काम गर्थिन्, त्यहीं मालिकको छोराबाट पटक–पटक बलात्कृत भइन् । त्यही क्रममा गर्भ रहँदा उनले छोरी जन्माइन् । विदेशबाट घर आउँदा उनको साथमा छोरी मात्रै थिइन् । अहिले परिवारबाट अलग्गै रहेर डेढ वर्षे छोरी हुर्काउने क्रममा उनले व्यहोरिरहेको सामाजिक हिंसा झन् डरलाग्दो छ । ‘धेरैले पीडितलाई हौसला दिने भन्दा पनि चरित्र र नैतिकताको नचाहिँदो बखेडा झिकेर घाउमा नुनचुक छरिरहन्छ,’ लामो समय देखि हिंसा पीडित महिलाका पक्षमा काम गरिरहेकी प्रधानले भनिन्, ‘यसको मुख्य जड घरेलु हिंसा हो।’
नागरिकबाट

Skip This
Skip This
Logo