काठमाडौँ । सुर्खेतकी इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनामा संलग्न व्यक्तिलाई कडा कानुनी कारवाही गर्न माग गर्दै झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ।
प्रगतिशील युवा क्लब धुलाबारीको पहलमा आयोजित विरोध कार्यक्रम अन्तर्गत काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट र्याली सुरु गरिएको थियो। उक्त र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेपछि पूर्वी नाकामा पुगेर खबरदारी सभामा परिणत भएको थियो।
कार्यक्रममा मेचीनगर नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, मानवअधिकार क्षेत्रका प्रतिनिधि, विभिन्न संघ-संस्थाका सदस्य र सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको बताइएको छ। सहभागीहरूले दोषीलाई कठोर कारबाही गर्नुपर्ने, हिंसा अन्त्य गर्नुपर्ने र महिलामाथिको असुरक्षाविरुद्ध आवाज उठाउने आशयका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
खबरदारी सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षक सुभद्रा भट्टराई, महिला अधिकारकर्मी राधा प्रधान र पूजा सापकोटा तथा मानव अधिकारकर्मी विनय कार्कीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरे।































प्रतिक्रिया