जनकपुरमा फुटपाथ खाली तीव्र, मधेशका गृहमन्त्री महतो आफैँ सक्रिय 

जनकपुरमा फुटपाथ खाली तीव्र, मधेशका गृहमन्त्री महतो आफैँ सक्रिय 

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । मधेश प्रदेशका गृहमनत्री फकिरा महतोले मधेशको राजधानी जनकपुरधामको फुटपाथ अभियान खाली गराउन आफैँ ग्राउण्डमा आएका छन् । 

फुटपाथ अतिक्रमण गरेर व्यवसाय गरेपछि मन्त्री फकिरा महतोले आफैँ ग्राउण्डमा उत्रेका छन् । उनले जनकपुरको सौन्दर्य, ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै फुटपाथ खाली अभियान चलाएको हो । 

सडकपेटीका अतिक्रमण गरेर व्यवसायीले सामान राखेपछि सर्वसाधारण सडकमा हिन्न बाध्य भएका थिए । जनकपुरधाम उपमहानगरपालिकाले समेत पटक पटक फुटपाथ खाली गराउन आग्रह गरेपनि व्यवसायीले खाली गरेका थिएनन् ।

मन्त्री महतोले जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतको समर्थनमा आफू अगुवाई गरेर फुटपाथ खाली गराउन लागेको बताए ।

उनले अहिले हटाएपछि पुनः फुटपाथ अतिक्रमण गरेमा कारबाही गरिने बताए । यस अघि २ दिन पहिला उनले जानकी मन्दिर वरिपरिका क्षेत्र खाली गराएका थिए ।

Skip This
Skip This
Logo