कार्यविधि अभावले सुदूरपश्चिमका वन व्यवस्थापन जटिल

कार्यविधि अभावले सुदूरपश्चिमका वन व्यवस्थापन जटिल

केन्द्रबिन्दु
12
Shares

घोडाघोडी। २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक तथा साझेदारी वन नीतिगत अन्योलमा परेका छन् ।

हाल वन क्षेत्रमा ढलापडा रूख सङ्कलनबाहेक वन संवर्द्धनसम्बन्धी अन्य काम हुन सकेको छैन । यसले रोजगारी, वन संरक्षण र व्यवस्थापनमा असर परेको बताइएको छ ।

वन उपभोक्ता समूह र साझेदारी वन दुवै प्रभावित भएका छन् । काठको सदुपयोग नहुँदा वनभित्र पुराना रूख कुहिने र उपभोक्ताले काठ नपाउने अवस्था देखिएको छ । यसले राजस्व सङ्कलनमा पनि असर परेको छ ।

कार्यविधि अभावका कारण वन व्यवस्थापन, संरक्षण र उपयोगका योजना प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । वन क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षले दिगो वन व्यवस्थापन कार्यविधि छिटो स्वीकृत गर्न माग गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कार्यविधि स्वीकृत नहुँदा वनको उत्पादकत्व पनि घट्दै गएको छ । पुराना रूखको अत्यधिक चापका कारण नयाँ बिरुवा हुर्कन समस्या भइरहेको जनाइएको छ ।

अन्य प्रदेशमा दिगो वन व्यवस्थापन लागू भइसके पनि सुदूरपश्चिममा भने कार्यविधि स्वीकृत हुन ढिलाइ भएको छ । सम्बन्धित निकायले कार्यविधि तयार भइसकेको र स्वीकृतिको प्रक्रियामा रहेको जनाएको छ ।

कार्यविधि कार्यान्वयनमा आएपछि वन व्यवस्थापन सुधार, उत्पादन वृद्धि र स्थानीयस्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

Logo