काठमाडौँ । प्रतिनिधि सभा सदस्यमा म्याग्दी जिल्लाबाट निर्वाचित डा. महाबिर पुनले वीरगन्जमा पुगेर आफ्नो किताब बेचेका छन । निर्वाचित भएर पहिलो पटक वीरगन्जमा पुगेका पुनले घण्टाघर चोकमा आफ्नो आत्मकथा किताब बेचेका हुन् ।
पुर्व मन्त्री पुनले सोमबार बिहान ८ बजेदेखि ११ बजे सम्म घन्टाघर चोकमा किताब बिक्री गर्दा यहाँका स्थानीयहरु सहभागी भएका थिए । साथै उनले राम जनम तिवारीको सालीकको तल पुगेर किताब बिक्रि गरेर दिउँसो कृषि औजार कारखानामा उपस्थित भएर बेच्ने बताएका थिए ।
किताब बेच्ने क्रममा उनले महाबिर पुन आयो , किताब लिएर आयो भनेर अब कृषि औजार कारखानामा पुगेर किताब बेच्ने बताएका थिए । यस्तै डा. पुनले किताब बेचेर कृषि औजार कारखाना संचालनमा ल्याएको र ५० जनालाई रोजगारी पनि दिएको बताएका थिए ।































प्रतिक्रिया