७१ वर्षमा नेपाल पत्रकार महासंघ : उपलब्धिसँगै चुनौतीको बहस

७१ वर्षमा नेपाल पत्रकार महासंघ : उपलब्धिसँगै चुनौतीको बहस

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। नेपाल पत्रकार महासंघ स्थापना भएको ७० वर्ष पूरा गरी ७१ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

महासंघले आफ्नो यात्रा पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारसँग जोडिएको बताएको छ । साथै लोकतन्त्र सुदृढ बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।

यद्यपि, पछिल्लो समय पत्रकारिता क्षेत्र नयाँ चुनौतीसँग जुधिरहेको महासंघको निष्कर्ष छ । विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र त्यसको प्रभावलाई गम्भीर रूपमा लिइएको छ ।

महासंघले सञ्चारसम्बन्धी कानुनहरू अघि बढाउन, सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न र क्षतिग्रस्त सञ्चारगृह तथा घाइते पत्रकारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

साथै, सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहललाई पनि अगाडि बढाइएको जनाएको छ ।

Skip This
Skip This
Logo