स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारद्वारा रक्तदान र फलफूल वितरण

स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारद्वारा रक्तदान र फलफूल वितरण

केन्द्रबिन्दु
21
Shares

रामेछाप । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारहरूले रक्तदान तथा फलफूल वितरण गरेका छन् ।

नेपाल पत्रकार महासंघ रामेछापको आयोजनमा सोमबार बिहान मन्थलीको देवकोटा चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पत्रकार सहित १२ जनाले रक्तदान गरेका नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिए।

स्थापना दिवसकै अवसरमा मन्थलीमा रहेका विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । मन्थलीको मन्थली नगर अस्पताल, तामाकोसी अस्पताल र मन्थली सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

Skip This
Skip This
Logo