काठमाडौंका पूर्वसिडिओ छवि रिजाल रिहा

काठमाडौंका पूर्वसिडिओ छवि रिजाल रिहा

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल रिहा भएका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई पनि कारबाहीको सिफारिस गरेको थियो। उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो।

सोही आधारमा आज बिहान पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा छाडेको हो । रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको हो।

Skip This
Skip This
Logo