२०८२ चैत्र २२ देखि २८ सम्मको राशिफल ।।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ। हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यो साता सुरुमा कामको चाप बढी हुन सक्छ वा केही अवरोधहरू देखिन सक्छन्। तर हप्ताको बीचतिर जाँदा अड्किएका कामहरू फेरि अघि बढ्नेछन् र सफलता मिल्नेछ। यो साता तपाईंको दाम्पत्य जीवनमा राम्रो सुधार देखिन्छ। घरपरिवारमा हाँसो–खुसी बढ्नेछ र जीवन सकारात्मक दिशातर्फ अघि बढ्नेछ। जीवनसाथीसँग सम्बन्ध अझ बलियो बन्नेछ।
खर्च गर्ने बानीलाई अलि नियन्त्रणमा राख्नुपर्छ। ऋण लिनु अघि राम्रोसँग सोचविचार गर्नु राम्रो हुन्छ। हप्ताको सुरुमा जीवनसाथीको राम्रो साथ र सहयोग पाइनेछ। रोजगारी र व्यापारमा प्रगति हुनेछ, जागिरको अवस्था पनि राम्रो रहनेछ। प्रेम सम्बन्ध भएका व्यक्तिहरूका लागि भेटघाट र खुसीको समय रहनेछ।
व्यवसाय गर्नेहरूलाई राम्रो समाचार प्राप्त हुन सक्छ। जग्गा-जमिन वा प्रोपर्टीसँग सम्बन्धित काममा पुराना लगानीबाट लाभ हुने संकेत देखिन्छ। हप्ताको बीचतिर अलि सावधानी अपनाउनुहोस्। चोटपटक लाग्ने वा सानो समस्या आउन सक्ने सम्भावना छ, त्यसैले सतर्क रहनु राम्रो हुन्छ। हप्ताको अन्त्यतिर फेरि अवस्था सामान्य बन्दै जानेछ र विस्तारै राम्रो समयतर्फ अघि बढ्नुहुनेछ। समग्रमा यो साता मिश्रित तर सुधारतर्फ जाने देखिन्छ।
आर्थिक पक्ष सामान्यतया राम्रो रहनेछ। शुक्र तपाईंको लग्नमा भएकाले आम्दानी बढ्ने सम्भावना छ। नयाँ अवसरहरूबाट आम्दानी बढ्न सक्छ, विशेषगरी पेशा वा कृषि क्षेत्रसँग जोडिएका व्यक्तिहरूलाई फाइदा हुन सक्छ। तर हप्ताको बीचतिर आकस्मिक खर्च बढ्न सक्छ, त्यसैले अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक छ।
सुरुको दिनहरूमा अड्किएका कामहरू फेरि अघि बढ्दा मन खुसी रहनेछ।
विद्यार्थीहरूका लागि पढाइमा राम्रो परिणाम आउने संकेत छ। कामप्रति वरिष्ठ अधिकारी सन्तुष्ट हुनेछन्। घरको वातावरण राम्रो बनाउन जीवनसाथीको ठूलो सहयोग रहनेछ। अनलाइन व्यापार तथा विदेशसँग सम्बन्धित कामबाट लाभ हुने योग छ।
तर केही कुरामा ध्यान दिन जरुरी छ। विद्यार्थीहरूले समय व्यवस्थापनमा समस्या भोग्न सक्छन्। व्यक्तिगत काममा अरूको सल्लाह धेरै नलिनु राम्रो हुन्छ। लामो यात्रा कष्टकर हुन सक्छ। विरोधीहरू अघि तपाईं कमजोर देखिन सक्नुहुन्छ। अत्यधिक उत्साहले काम बिग्रिन सक्छ, त्यसैले सन्तुलन राख्नुहोस्।
उपाय- हरेक दिन भगवान विष्णुलाई तुलसीदल अर्पण गर्नुहोस्।
वृष राशि
यो साता वृष राशिका व्यक्तिहरूका लागि मिश्रित भए पनि धेरै हदसम्म सकारात्मक परिणाम दिने देखिन्छ। विशेषगरी करियर र आर्थिक क्षेत्रमा राम्रो प्रगतिको अवसर पाइनेछ। तर भावनात्मक उतारचढाव र स्वास्थ्यतर्फ सचेत रहनु आवश्यक छ।
नोकरी गर्ने व्यक्तिहरूका लागि यो साता निकै राम्रो रहनेछ। तपाईंको कामको प्रशंसा हुनेछ र पदोन्नति वा मान–सम्मान प्राप्त हुने सम्भावना छ। हप्ताको बीचतिर नयाँ व्यापारिक अवसर वा प्रोजेक्ट आउन सक्छ, जसले भविष्यमा राम्रो फाइदा दिनेछ। प्रशासनिक वा सरकारी क्षेत्रमा काम गर्नेहरूलाई उच्च पद प्राप्त हुने योग छ।
आर्थिक दृष्टिले यो समय बलियो रहनेछ। बैंक ब्यालेन्स बढ्ने संकेत छ र अड्किएको पैसा फिर्ता आउने सम्भावना छ। लगानीका लागि समय अनुकूल भए पनि हतारमा निर्णय नगर्नुहोस्। शुक्र र बृहस्पतिको राम्रो प्रभावले आकस्मिक धन लाभ वा नयाँ आम्दानीका स्रोत बन्न सक्छन्।
साताको सुरुवात प्रेममय रहनेछ। जीवनसाथीको राम्रो साथ र सहयोग पाइनेछ, जसले सम्बन्धमा मिठास ल्याउनेछ। अविवाहित व्यक्तिहरूका लागि नयाँ सम्बन्ध सुरु हुन सक्छ। तर हप्ताको बीचतिर सानो–सानो गलतफहमी वा विचार नमिल्ने अवस्था आउन सक्छ, त्यसैले बोलीमा संयम राख्नु राम्रो हुन्छ ।
मानसिक तनावबाट बच्न योग, ध्यान र पर्याप्त विश्राम आवश्यक छ। पेटसम्बन्धी समस्या, विशेषगरी एसिडिटी हुन सक्ने सम्भावना छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्।
यो साता तपाईंको आर्थिक स्थिति मजबुत रहनेछ। प्रतियोगी परीक्षामा सफलता पाउने योग छ। पुराना साथीहरूसँग पुनः सम्पर्क हुने सम्भावना छ। आत्मविश्वासका साथ नयाँ काम सुरु गर्न सक्नुहुन्छ। धार्मिक तथा आध्यात्मिक विषयप्रति रुचि बढ्नेछ र धेरैजसो कामहरू सहज रूपमा सम्पन्न हुनेछन्।
तर दाम्पत्य जीवनमा कहिलेकाहीँ सामान्य मनमुटाव हुन सक्छ। अनावश्यक चिन्ताले मन अशान्त हुन सक्छ। कानुनी विषयहरूमा ढिलाइ हुन सक्छ। तपाईंको भावुकता र उदारताको गलत फाइदा उठाउन खोज्ने मानिसहरूबाट सावधान रहनुहोस्। नयाँ लगानी गर्नु अघि जीवनसाथीसँग सल्लाह लिनु राम्रो हुन्छ।
उपाय- पूर्णिमा वा शनिबारका दिन भगवान हनुमानलाई बूंदीका लड्डु अर्पण गरी बालबालिकालाई बाँड्नु लाभदायक हुनेछ।
मिथुन राशि
यो साता तपाईंका लागि सुरु सकारात्मक रहनेछ। आत्मविश्वास, ऊर्जा र सामाजिक भेटघाट बढ्नेछ। मानिसहरूसँग राम्रो सम्बन्ध बन्नेछ र नयाँ अवसरहरू पनि प्राप्त हुन सक्छन्। तर हप्ताको बीचतिर केही अप्रत्याशित समस्या वा गलतफहमी आउन सक्छ, त्यसैले धैर्य र कूटनीतिक व्यवहार अपनाउनु आवश्यक छ।
हप्ताको सुरुमा कामको वातावरण राम्रो रहनेछ र नयाँ अवसरहरू पाइनेछन्। तर बीचतिर तनाव बढ्न सक्छ। आफ्नो भविष्यका योजना गोप्य राख्नु राम्रो हुन्छ र बिहीबारदेखि शनिबारसम्म ठूला निर्णयहरू नगर्नु राम्रो हुन्छ।
आर्थिक अवस्था सुरुमा राम्रो रहनेछ र अचानक धन लाभ हुने सम्भावना पनि छ। तर बीचतिर अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले खर्चमा नियन्त्रण राख्नुहोस्। आर्थिक विषयमा सानो गल्ती हुन सक्ने सम्भावना छ, त्यसैले सावधानी अपनाउनु आवश्यक छ।
प्रेम जीवनको कुरा गर्दा, हप्ताको सुरुवातमा सम्बन्ध राम्रो र भावनात्मक नजिकपन रहनेछ। तर बीचतिर बाहिरी हस्तक्षेप वा ईर्ष्याका कारण समस्या आउन सक्छ। यस्तो अवस्थामा शान्त र समझदारीपूर्ण व्यवहारले सम्बन्ध जोगाउन मद्दत गर्नेछ।
यो साता घरपरिवारका काममा व्यस्तता बढ्नेछ। कामको क्षेत्रमा तपाईंले चाहेजस्तो परिवर्तन गर्न सक्नुहुन्छ। नयाँ प्रविधि र सीप सिक्ने रुचि बढ्नेछ। व्यायाम र एक्सरसाइजलाई दैनिक जीवनमा समावेश गर्नु राम्रो हुनेछ। युवाहरूका लागि जागिरसम्बन्धी समस्या समाधान हुने संकेत छ। तपाईंको व्यक्तित्व आकर्षक रहनेछ र मानिसहरू प्रभावित हुनेछन्।
तर हप्ताको सुरुवातमा स्वास्थ्य केही कमजोर हुन सक्छ। शंकालु स्वभावका कारण सम्बन्धमा समस्या आउन सक्छ। आयात–निर्यातसम्बन्धी काममा अपेक्षित सफलता नआउन सक्छ। अत्यधिक स्वार्थी बन्ने बानीले तपाईंको छवि बिगार्न सक्छ, त्यसैले अरूको हितलाई पनि ध्यान दिनुहोस्।
उपाय- गौशालामा गाईका लागि घाँस वा चारा दान गर्नु यस साता तपाईंका लागि शुभ रहनेछ।
कर्कट राशि
यो साता कर्कट राशिका व्यक्तिहरूका लागि भावनात्मक गहिराइ, क्रमिक प्रगति र सिर्जनात्मक सोच बढ्ने समय रहनेछ। साता सुरुमा केही दबाब वा चुनौती महसुस हुन सक्छ, तर अन्त्यतिर समय निकै राम्रो र सन्तोषजनक बन्नेछ।
हप्ताको सुरुमा काममा चुनौती आउन सक्छ र गरेको मेहनतको तुरुन्तै मूल्यांकन नभएको जस्तो महसुस हुन सक्छ। यसले केही निराशा दिन सक्छ, तर धैर्य राख्नुहोस्। हप्ताको बीचतिर तपाईंको मेहनतको फल देखिन थाल्नेछ। जागिर गर्नेहरूका लागि कार्यस्थलको समस्या कम हुँदै जानेछ र वरिष्ठहरूको सहयोग प्राप्त हुनेछ। सेवा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो साता विशेष शुभ रहनेछ। रोकिएका वा बन्द भएका कामहरू फेरि सुरु हुने सम्भावना छ। नयाँ व्यवसाय सुरु गर्ने सोच पनि आउन सक्छ।
आर्थिक अवस्था सामान्यतया स्थिर रहनेछ। साता सुरुमा खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनु आवश्यक छ। सुरुका दिनहरूमा ठूला आर्थिक निर्णय वा जोखिमपूर्ण लगानी नगर्नु राम्रो हुन्छ। हप्ताको अन्त्यतिर भने प्रोपर्टी वा लुकेका स्रोतहरूबाट लाभ हुने सम्भावना देखिन्छ। विदेशसँग सम्बन्धित व्यापार गर्नेहरूलाई विशेष फाइदा हुन सक्छ।
साता सुरुमा भावनात्मक संवेदनशीलता बढी हुन सक्छ जसले जीवनसाथीसँग सानो विवाद वा मनमुटाव ल्याउन सक्छ। सानो कुरामा बढी प्रतिक्रिया नदिनुहोस् र संवादमा ध्यान दिनुहोस्। प्रेम विवाहमा देखिएका बाधाहरू हट्न सक्छन्।
यो साता तपाईं घरपरिवार र व्यक्तिगत योजनामा पनि ध्यान दिनुहुनेछ। महिलाहरूका लागि करियरमा अघि बढ्ने राम्रो अवसर आउनेछ। हप्ताको अन्तिम तीन दिन विशेष सुखद रहनेछन् र मनमा सकारात्मकता बढ्नेछ।
तर केही कुरामा सावधानी आवश्यक छ। अरूको आलोचनाका कारण तपाईं लक्ष्य बन्न सक्नुहुन्छ। सहकर्मीहरू तपाईंको व्यवहारबाट असन्तुष्ट हुन सक्छन्, त्यसैले व्यवहारमा नम्रता राख्नुहोस्। अनावश्यक रूपमा महँगो सामान किन्नाले खर्च बढ्न सक्छ। उच्च अधिकारीहरूसँग सम्बन्ध बिग्रिन नदिनुहोस्। स्वास्थ्यतर्फ विशेषगरी सुगर भएका व्यक्तिहरूले ध्यान दिनु आवश्यक छ।
उपाय- हरेक दिन “ॐ चन्द्राय नमः” मन्त्र जप गर्नुहोस्। सोमबारका दिन दूध वा सेतो मिठाई दान गर्नु लाभदायक हुनेछ।
सिंह राशि
यो साता सिंह राशिका व्यक्तिहरूका लागि मिश्रित रहनेछ । साता सुरुमा मन शान्त र सकारात्मक रहनेछ, बीचतिर केही तनाव आउन सक्छ तर अन्त्यतिर सफलता र शुभ परिणाम प्राप्त हुनेछ। यो साता बन्ने सर्वार्थ सिद्धि योगका कारण तपाईंले मेहनतद्वारा अवरोधहरू पार गर्न सक्नुहुनेछ।
हप्ताको सुरुवातमा धार्मिक यात्रा गर्ने वा धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। परिवारमा कुनै शुभ कार्य वा मांगलिक कार्यक्रमको वातावरण बन्नेछ। नयाँ व्यवसाय सुरु गर्ने वा रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ। साथीभाइसँगको मनमुटाव हट्नेछ। सन्तान पक्षबाट राम्रो खबर आउन सक्छ। विद्यार्थीहरूका लागि पढाइमा एकाग्रता राम्रो रहनेछ।
कामको क्षेत्रमा सुरुवात राम्रो भए पनि बीचतिर केही समस्या वा दबाब आउन सक्छ। वरिष्ठ अधिकारीसँग विचार नमिल्ने वा कार्यस्थलमा तनाव हुने सम्भावना छ, त्यसैले धैर्य र संयम राख्नु आवश्यक छ। पदोन्नतिको संकेत देखिए पनि बीचतिर सावधानी अपनाउनु राम्रो हुन्छ।
आर्थिक अवस्था पनि मिश्रित रहनेछ। साता सुरुमा अवस्था राम्रो भए पनि बीचतिर परिवारका सदस्यहरूमा अनावश्यक खर्च बढ्न सक्छ। जोखिमपूर्ण लगानी, विशेषगरी शेयर बजारबाट टाढा रहनु राम्रो हुन्छ। तर हप्ताको अन्त्यतिर फेरि आर्थिक अवस्था सुधार हुँदै नयाँ आम्दानीका अवसरहरू देखापर्नेछन्।
दाम्पत्य जीवनमा बीचतिर जीवनसाथीको स्वास्थ्यका कारण चिन्ता बढ्न सक्छ। युवाहरूलाई विवाहका विषयमा परिवारबाट दबाब आउन सक्छ, जसले घरमा तनाव ल्याउन सक्छ। यस्तो अवस्थामा शान्त भएर निर्णय लिनु राम्रो हुन्छ।स्वास्थ्यतर्फ विशेष ध्यान दिनु आवश्यक छ। उच्च रक्तचाप भएका व्यक्तिहरूले आफ्नो व्यवहार र दिनचर्यामा सावधानी अपनाउनुपर्छ। योग, ध्यान र आयुर्वेदिक उपचारले स्वास्थ्यमा सुधार ल्याउन सक्छ।समग्रमा, साता सुरु र अन्त्य राम्रो रहनेछ तर बीचतिर सावधानी अपनाउनुपर्ने देखिन्छ।
उपाय- हरेक दिन “मंगल चण्डिका स्तोत्र” पाठ गर्नुहोस्। यसले कार्यक्षेत्र र सम्बन्धमा आउने समस्या कम गर्न मद्दत गर्नेछ।
कन्या राशि
यो साता कन्या राशिका व्यक्तिहरूका लागि नयाँ अवसरहरू र मिश्रित परिणाम दिने देखिन्छ। तपाईंले आफ्नो क्षमता र सीपको राम्रो प्रयोग गर्न सक्नुहुनेछ, तर आर्थिक र पारिवारिक विषयमा अलि सावधानी अपनाउनु आवश्यक छ।
कामको क्षेत्रमा यो साता प्रगतिको संकेत देखिन्छ। तपाईंको काम गर्ने शैलीको प्रशंसा हुनेछ र पुराना अवरोधहरूलाई आफ्नो पक्षमा परिवर्तन गर्न सफल हुनुहुनेछ। जागिर खोज्ने वा इन्टरभ्यु दिने व्यक्तिहरूका लागि सफलता प्राप्त हुने प्रबल योग छ। जिम्मेवारी बढ्न सक्छ र अनुशासनका कारण पदोन्नति हुने सम्भावना पनि देखिन्छ।
आर्थिक रूपमा साता सुरुमा केही समस्या महसुस हुन सक्छ। पैसाको कमीले घरखर्चमा असर पर्न सक्छ, त्यसैले खर्चमा नियन्त्रण राख्नु आवश्यक छ। लगानीका विषयमा हतार नगर्नुहोस्। तर हप्ताको बीचतिरबाट आम्दानीका नयाँ स्रोतहरू बनाउने प्रयास सफल हुन सक्छ।
परिवारमा सानो–सानो कुरामा मतभेद वा तनाव आउन सक्छ, त्यसैले शान्त रहनु राम्रो हुन्छ। जीवनसाथीसँग विवाद नगर्नुहोस्, नत्र ठूलो झगडामा परिणत हुन सक्छ। हप्ताको अन्त्यतिर सम्बन्धहरू फेरि सामान्य र मधुर बन्दै जानेछन्। दाजुभाइ–दिदीबहिनीसँग मनका कुरा साटासाट गर्नु लाभदायक हुनेछ।
यो साता तपाईंको स्वभाव उदार र विनम्र रहनेछ। अरूको कुरामा बहस नगरी आफ्नो काममा ध्यान दिनु राम्रो हुनेछ। केही समयदेखि कार्यक्षेत्रमा आएका समस्या तपाईंले बुद्धिमानीपूर्वक समाधान गर्न सक्नुहुनेछ। स्वास्थ्यतर्फ ध्यान दिनु आवश्यक छ। मौसम परिवर्तनका कारण पेट र छालासम्बन्धी समस्या आउन सक्छ। अत्यधिक कामका कारण थकान महसुस हुन सक्छ, त्यसैले आराम, योग र ध्यान आवश्यक छ। मानसिक तनावबाट टाढा रहने प्रयास गर्नुहोस्।
उपाय- “ॐ” मन्त्र जप गर्नुहोस् र वाणीमा मिठास राख्नुहोस्। काँचो तिल र दूध मिलाएर शिवलिङ्गमा अभिषेक गर्नु शुभ रहनेछ।
तुला राशि
यो साता तुला राशिका व्यक्तिहरूका लागि मिश्रित भए पनि समग्रमा प्रगति र अवसर दिने देखिन्छ । विशेषगरी करियर, व्यवसाय र सम्बन्धमा राम्रो सुधार आउनेछ। तर स्वास्थ्य, खर्च र बोलचालमा सावधानी अपनाउनु आवश्यक छ।
हप्ताको सुरुवातमा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ जसले काममा असर पार्न सक्छ। मौसमी रोगप्रति सचेत रहनुहोस् र खानपानमा ध्यान दिनुहोस्। समस्याबाट भाग्ने होइन, समाधान खोज्ने प्रयास गर्नु आवश्यक छ, नत्र भविष्यमा ठूलो समस्या आउन सक्छ। विद्यार्थीहरूको मन पढाइबाट अलि भड्किन सक्छ, त्यसैले ध्यान केन्द्रित गर्नुपर्छ।
काम र व्यवसायका हिसाबले यो साता निकै राम्रो रहनेछ। व्यापार विस्तार गर्ने अवसर पाइनेछ र नयाँ लगानीका लागि समय अनुकूल छ। ठूला अधिकारीहरूको विश्वास जित्न सफल हुनुहुनेछ र अड्किएका कामहरू अघि बढ्नेछन्। औषधि वा सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरूका लागि विशेष लाभ हुने संकेत छ। अनुभवी व्यक्तिहरूको मार्गदर्शनले तपाईंलाई अझ अघि बढ्न मद्दत गर्नेछ।
आर्थिक रूपमा आम्दानी बढ्ने संकेत छ र सानो–सानो प्रोजेक्टबाट पनि फाइदा हुन सक्छ। तर हप्ताको अन्त्यतिर घर वा प्रोपर्टीसँग सम्बन्धित काममा अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले खर्चमा नियन्त्रण राख्नु आवश्यक छ। रियल इस्टेटमा लगानी गर्दा सावधानी अपनाउनुहोस्।
दाम्पत्य जीवन सुखद रहनेछ र सम्बन्धमा मिठास बढ्नेछ। साथीभाइसँगको पुरानो मनमुटाव हटेर पुनः सम्बन्ध सुधार हुन सक्छ। ससुराली पक्षसँग सम्बन्ध राम्रो रहनेछ। तर साता सुरुमा सानो–सानो मतभेद आउन सक्छ, त्यसैले बोलचालमा संयम राख्नु राम्रो हुन्छ।
परिवारमा अनुशासन कायम राख्नुपर्ने आवश्यकता देखिन्छ, किनकि बच्चाहरूले तपाईंको कुरा बेवास्ता गर्न सक्छन्। पुराना नकारात्मक कुराहरूले मनमा असर गर्न सक्छ, त्यसैले सकारात्मक सोच राख्नुहोस्। अभिभावकको सल्लाहलाई महत्व दिनु आवश्यक छ।
उपाय- बिहान सूर्योदय अघि उठेर स्नान गरी सूर्यदेवलाई अर्घ्य अर्पण गर्नुहोस्। साथै “ॐ हम हनुमते नमः” मन्त्रको एक माला जप गर्नु लाभदायक हुनेछ।
वृश्चिक राशि
यो साता वृश्चिक राशिका व्यक्तिहरूका लागि आत्मविश्वास, आर्थिक मजबुती र करियरमा प्रगतिको संकेत दिनेछ। समग्रमा साता सकारात्मक रहनेछ तर केही कुरामा सावधानी अपनाउनु आवश्यक छ।
हप्ताको सुरुवात निकै राम्रो रहनेछ। कामको क्षेत्रमा तपाईंलाई सम्मान, पहिचान र सफलता मिल्नेछ। तपाईंको प्रभाव र छवि बढ्नेछ र वरिष्ठ अधिकारीहरूको विश्वास जित्न सफल हुनुहुनेछ। नयाँ जागिर खोज्ने वा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने यो समय अनुकूल छ।
आर्थिक रूपमा यो साता बलियो रहनेछ। आम्दानी बढ्ने र धन संचय हुने योग देखिन्छ। पुराना लगानीबाट राम्रो लाभ प्राप्त हुन सक्छ। हप्ताको बीचतिर लगानीका लागि समय राम्रो रहनेछ, विशेषगरी दीर्घकालीन फाइदाका लागि। तर साता सुरुमा खर्च अलि बढ्न सक्छ, त्यसैले खर्चमा नियन्त्रण राख्नु आवश्यक छ।
प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ र सन्तान पक्षबाट राम्रो खबर आउन सक्छ। तर बीचतिर सानो–सानो गलतफहमी वा विचार नमिल्ने अवस्था आउन सक्छ, त्यसैले स्पष्ट र शान्त संवाद राख्नु आवश्यक छ।
यो साता तपाईंको ऊर्जा र आत्मविश्वास उच्च रहनेछ। तपाईंको व्यक्तित्व आकर्षक देखिनेछ र मानिसहरू तपाईंप्रति आकर्षित हुनेछन्। सामाजिक गतिविधिमा पनि सक्रिय रहनुहुनेछ। महत्वपूर्ण निर्णयहरू लिनुपर्ने अवस्था आउन सक्छ, त्यसैले सोचविचार गरेर निर्णय लिनुहोस्।
विद्यार्थीहरूका लागि पढाइमा ध्यान केन्द्रित गर्ने राम्रो समय हो। पुराना विषयहरू दोहोर्याएर राम्रो नतिजा ल्याउन सक्नुहुनेछ। तपाईंको जीवनशैली अनुशासित रहनेछ र मेहनतको राम्रो फल पाउनुहुनेछ।
तर केही कुरामा ध्यान दिनु आवश्यक छ। अपरिचित व्यक्तिहरूमाथि धेरै विश्वास नगर्नुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा उतारचढाव आउन सक्छ, विशेषगरी रगतको कमी वा लिभरसँग सम्बन्धित समस्या देखिन सक्छ। थकान बढ्न सक्छ, त्यसैले आराम र सही खानपानमा ध्यान दिनुहोस्।
उपाय- हरेक दिन “ॐ नमो भगवते वासुदेवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
धनु राशि
यो साता धनु राशिका जातकहरूको लागि ऊर्जा, आत्मविश्वास र करियरमा सकारात्मक परिवर्तन ल्याउने संकेत गर्दैछ। ग्रहहरूको स्थिति देखाउँछ कि यो समय आफ्नो सीमाभन्दा बाहिर गएर नयाँ प्रयास गर्न उत्तम समय हो।
यस साता करियरमा ठूलो परिवर्तन वा विस्तारको संभावना छ। व्यापारमा ठूलो सम्झौताबाट लाभ प्राप्त हुने सम्भावना बलियो छ।जागिर पेशा व्यक्तिहरूका लागि पदोन्नति वा कहींबाट राम्रो जागिरको प्रस्ताव मिल्न सक्छ।हप्ताको बीचतिर आम्दानीका नयाँ स्रोत बन्नेछन्, तर खर्चमा नियन्त्रण राख्न आवश्यक छ।विद्यार्थीहरूको लागि यो साता मिश्रित परिणाम दिनेछ। यो साता चन्द्रको स्थितिले आत्मविश्वास र सिक्ने क्षमतामा वृद्धि गर्नेछ।
हप्ताको अन्त्यमा बुधको राशि परिवर्तनले भ्रम सिर्जना गर्न सक्छ, त्यसैले पढाइमा अतिरिक्त ध्यान र रिभिजन आवश्यक हुनेछ।पारिवारिक जीवन सुखद रहनेछ र आपसी सद्भाव बढ्नेछ। घरपरिवारसँग सम्बन्धित पुराना समस्याहरू सताको अन्त्यमा समाधान हुन सक्छ।
प्रेम जीवनका लागि समय अनुकूल छ। अविवाहितहरूको लागि विवाहका राम्रो प्रस्ताव आउन सक्छ।स्वास्थ्य सामान्य रहनेछ, तर हप्ताको सुरुवातमा मानसिक दबाव अनुभव हुन सक्छ।वाणीमा संयम राख्नुहोस् र कठोर शब्द प्रयोग नगर्नुहोस्। जमीन-जायदाद वा कुनै सम्झौतामा हतार नगर्नुहोस्।यो साता आत्मविश्वास उच्च रहनेछ।
परिवारसँग समय बिताउँदा आत्मिक प्रसन्नता मिल्नेछ। विरोधीहरूमा तपाईंको प्रभुत्व रहनेछ। कार्यक्षेत्रमा मान-सम्मान र दबदबा कायम हुनेछ। व्यापारमा नयाँ प्रयोग गर्न सकिन्छ। करियरमा पदोन्नतिको उत्तम अवसरहरू प्राप्त हुनेछन्। एआई र उच्च प्राविधिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले पुरस्कार पाउन सक्छन्।
उपाय- हरेक दिन सात पटक हनुमान चालीसा पाठ गर्नुहोस् र तामाको भाँडोबाट पानी पिउँदा लाभ हुनेछ।
मकर राशि
मकर राशिका जातकहरूको लागि यो सप्ताह अत्यन्त शुभ रहनेछ । यदि तपाईं ठूलो व्यवसायिक सम्झौता ‘फिक्स’ गर्न चाहनुहुन्छ भने यो समय लाभदायक हुनेछ। ससुरालमा कुनै मांगलिक उत्सवको योजना बन्न सक्छ। तपाईंका प्रयासहरूले फल दिनेछन् र लामो समयदेखि चलेको समस्या समाधान हुनेछ। आफ्नो विचारलाई अरूको सामु स्पष्ट रूपमा व्यक्त गर्न सकिनेछ। जीवनसाथीसँगको प्रेमभाव बढ्नेछ। सकारात्मक सोचले तपाईंमाथि राम्रो प्रभाव पार्नेछ।
कार्यक्षेत्रमा तपाईंको स्थिति बलियो रहनेछ। यदि तपाईं जागिर परिवर्तन वा पदोन्नतिको प्रतीक्षामा हुनुहुन्छ भने यस सप्ताह शुभ समाचार मिल्न सक्छ। व्यवसायमा नयाँ योजना सुरु गर्न अनुकूल समय छ, तर कार्यालयको राजनीति र विवादबाट टाढा रहनुहोस्।
आर्थिक दृष्टिले यो सप्ताह लाभदायक हुनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन् र सम्पत्तिसम्बन्धी फाइदा मिल्ने सम्भावना छ। तर कुनै पनि कागजातमा हस्ताक्षर गर्नु अघि राम्ररी पढ्नुहोस्।
सहयोगी कर्मचारीसँग मनमुटाव हुन सक्छ। घरको आर्थिक अवस्था र व्यक्तिगत सोचले तपाईंलाई तनाव दिन सक्छ। पुराना गल्तीको परिणाम भोग्नुपर्ने सम्भावना छ। विदेशमा रहेका जातकहरूका लागि यो सप्ताह धेरै शुभ छैन।
स्वास्थ्यमा लापरवाही नगर्नुहोस्। मानसिक तनावले थकान ल्याउन सक्छ। पेट सम्बन्धी समस्या वा जोर्नीको दुखाइको संकेत छ। खानपान र विश्रामको ध्यान राख्नुहोस्। आँखामा समस्या देखा पर्न सक्छ; लामो समयदेखि उपचार टाल्दै आउनुभएको भए चिकित्सकको सल्लाह लिनुहोस्।
उपाय- प्रत्येक दिन विष्णु सहस्रनाम स्तोत्रको पाठ गर्नु लाभदायक हुनेछ।
कुम्भ राशि
यो सप्ताह सकारात्मक परिवर्तन र केही महत्वपूर्ण चुनौतीहरू ल्याउनेछ । ग्रहहरूको स्थिति अनुसार सप्ताहको सुरु अनुकूल रहनेछ, तर सप्ताहान्तमा सतर्क रहनु लाभदायक हुनेछ।
सप्ताहको सुरुवात पेशागत दृष्टिले बलियो रहनेछ। प्रभावशाली व्यक्तिहरूको सहयोगले तपाईंको करियरमा प्रगति हुनेछ। यदि तपाईं नयाँ जागिरको योजना बनाउँदै हुनुहुन्छ भने राम्रो अवसर मिल्न सक्छ। व्यवसायमा रहेका जातकहरूका लागि मध्य सप्ताह सफलता र लक्ष्य प्राप्तिको योग छ। साताको अन्त्यमा कार्यक्षेत्रमा दबाव बढ्न सक्छ, त्यसैले सहकर्मी र उच्च अधिकारीसँग संयमित व्यवहार गर्नुहोस्।
आर्थिक रूपमा सप्ताहको सुरु लाभदायक छ । पुराना लगानीबाट लाभ प्राप्त हुने सम्भावना छ र धन संचयमा वृद्धि हुनेछ । त बुधको मीन राशि प्रवेशले वित्तीय गणनामा गल्ती हुनसक्छ, त्यसैले कुनै पनि ठूलो लगानी अघि सोच-विचार गर्नुहोस्। सप्ताहान्तमा घरेलु खर्च बढ्न सक्छ।
घरमा अचानक पाहुनाको आगमन हुन सक्छ। बच्चाहरूको हेरचाह र पारिवारिक जिम्मेवारीमा ध्यान दिनुहोस्। अज्ञात डर वा मानसिक अस्थिरता हुन सक्छ, त्यसैले सतर्क रहनुहोस् ।
अधिक कामले शरीरमा थकान ल्याउन सक्छ। आफ्नो दिनचर्या संयमित राख्नुहोस्। खानामा हरियो पोशिलो तरकारी र रेशेदार फलफूलको सेवन गर्नु लाभदायक हुनेछ। मानसिक तनाव कम गर्न ध्यान वा योग गर्नुहोस्।
उपाय- शनिदेवको आशीर्वादका लागि दैनिक “ॐ शं शनैश्चराय नमः” जाप गर्नु लाभदायक हुनेछ।
मीन राशि
यो साता प्रगति, करियर र भावनात्मक स्पष्टता लिएर आउँदैछ । ग्रहहरूको स्थिति अनुसार यो समय तपाईंका प्रयासहरूलाई फलदायी बनाउनेछ, तर खर्च, स्वास्थ्य र निर्णयहरूमा थोरै सतर्कता अपनाउन आवश्यक छ।
कार्यक्षेत्रमा सप्ताहको मध्य भाग विशेष महत्वपूर्ण रहनेछ। साझेदारी वा टोलीका प्रोजेक्टमा सहकर्मीहरूसँग तालमेल बढ्नेछ। वरिष्ठहरूले तपाईंको कामको सराहना गर्नेछन्, जसले तपाईंलाई पदोन्नति वा नयाँ जिम्मेवारीको अवसर दिलाउन सक्छ। यदि तपाईं व्यवसाय वा उद्यममा संलग्न हुनुहुन्छ भने, नयाँ योजना सुरु गर्न र पुराना सम्झौताहरू पुनः मूल्याङ्कन गर्न यो समय अनुकूल छ।
आर्थिक पक्षमा सप्ताहको शुरुवात लाभदायक रहनेछ। पुराना लगानीबाट फाइदा हुन सक्छ वा कुनै अड्किएको पैसा फिर्ता आउने सम्भावना छ। यद्यपि, घरको सजावट, व्यक्तिगत सुखसुविधा वा आकस्मिक खर्चहरू बढ्न सक्छन्। त्यसैले खर्चको योजना बनाउनु र कुनै ठूलो लगानी गर्नु अघि सोचविचार गर्नु बुद्धिमानी हुनेछ।
प्रेम र वैवाहिक जीवनमा सप्ताह सामान्य रूपमा सुखद रहनेछ। दम्पतीहरूबीच आपसी समझ र सहयोग बढ्नेछ। सिंगल जातकहरूले नयाँ सम्बन्ध सुरु गर्न सक्नेछन्, जबकि पुराना प्रेमसम्बन्धमा सम्झौता वा समाधानको अवसर आउन सक्छ। सन्तानसँग सम्बन्धित कुनै समस्या समाधान हुन सक्छ।
स्वास्थ्यको दृष्टिले सामान्य सतर्कता आवश्यक छ। मानसिक तनाव र बढी कामले थकान ल्याउन सक्छ। पेट वा जोर्नी सम्बन्धी समस्या देखिन सक्छ। नियमित खानपान, पर्याप्त विश्राम र हल्का व्यायाम आवश्यक छ।
विद्यार्थीहरूको लागि समय लाभदायक छ। अध्ययन र अनुसन्धानमा ध्यान दिँदा राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ योजनाहरू बनाउने र पुराना विषयहरूको दोहोर्याइमा फाइदा हुनेछ।
सावधानीका रूपमा, उधारो पैसा फिर्ता गर्नु पर्ने हुन सक्छ। व्यापार वा लेन-देनमा हानी वा विवाद उत्पन्न हुन सक्छ। राजनीतिसँग सम्बन्धित जातकहरूले विरोध वा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ।
उपाय- मंगलबार र शनिबार हनुमान जीको पूजा गर्नुहोस् र ह्स्नुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।































प्रतिक्रिया