पाल्पामा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र

पाल्पामा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र

केन्द्रबिन्दु
27
Shares

तानसेन। प्राकृतिक विपद् नियन्त्रण र क्षति न्यूनीकरणका लागि पाल्पामा पूर्वतयारीका काम सुरु गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले बाढीपहिरो, डढेलो, आगलागी र सडक अवरोधजस्ता सम्भावित घटनालाई लक्षित गरी तयारी थाल्ने निर्णय गरेको हो ।

बैठकले दमकल, एम्बुलेन्स, स्काभेटर र अन्य उद्धार साधनलाई मर्मत गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । साथै स्थानीय तहमा पानी ट्याङ्कर व्यवस्थापन, फायर फाइटर टोली परिचालन र सामुदायिक वनमा अग्नि रेखा निर्माण गर्ने निर्णय गरिएको छ ।

डढेलो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समूहलाई तालिम दिने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सूचना संयन्त्रलाई प्रभावकारी बनाउने पनि निर्णय भएको छ । अवैध रूपमा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रशासनले जनाएको छ । बैठकमा सहभागी सरोकारवालाले विपद् व्यवस्थापनमा सबै निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

Logo