काठमाडौँ । नेपाल प्रहरीले अब नागरिकले दिएका उजुरी, जाहेरी तथा गुनासोको प्रगतिबारे जानकारी फोन वा एसएमएसमार्फत दिने व्यवस्था सुरु गरेको छ।
यसअघि उजुरीको अवस्था बुझ्न सेवाग्राहीहरू पटक–पटक प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता थियो। तर अब त्यस्तो हैरानी अन्त्य हुने अपेक्षा गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार मुद्दा दर्ता भएपछि त्यसको प्रगति, अनुसन्धानको अवस्था तथा कार्यान्वयनबारे सम्बन्धित सेवाग्राहीको मोबाइल नम्बरमा फोन वा एसएमएसमार्फत जानकारी पठाइनेछ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले नागरिक सेवा अझ प्रभावकारी र सहज बनाउन यो व्यवस्था लागू गरिएको जानकारी दिएका छन्।
यो प्रणाली लागू भएपछि सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट कम हुने र समयको बचत हुने प्रहरीले जनाएको छ।





























प्रतिक्रिया