त्रिशूली। सामुदायिक वनमा आगो लगाएको आरोपमा डिभिजन वन कार्यालयले एक जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङविरुद्ध चण्डेश्वरी सामुदायिक वनमा आगो लगाएको अभियोगमा मुद्दा दायर गरिएको वन कार्यालयले जनाएको छ।
वन कार्यालयका अनुसार आगो लगाइरहेको भिडियोसहितका प्रमाणका आधारमा अनुसन्धानपछि उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको हो। वन ऐन, २०७६ अनुसार उनलाई तीन वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ। डिभिजन वन कार्यालयले सुक्खायाममा वन डढेलोको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन र वन क्षेत्रमा आगो नलगाउन सबैलाई आग्रह गरेको छ।





























प्रतिक्रिया