काठमाडौँ। प्रहरीले सिन्धुली र सुनसरीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट ६ किलो गाँजासहित उदयपुर कटारी नगरपालिका–८ का ३७ वर्षीय टेकबहादुर मगर पक्राउ परेका हुन् ।
त्यस्तै, सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारबाट ट्रामाडोल ५ हजार ट्याब्लेटसहित २१ वर्षीय अबजल अन्सारी पक्राउ परेका छन् । ट्रामाडोल चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने औषधि हो ।
दुवै जनालाई बिहीबार नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया