काठमाडौँ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारबारे सरोकारवालाबीच व्यापक छलफल भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकाय, नागरिक समाज र सञ्चारकर्मीको सहभागिता रहेको थियो । छलफलमा बढ्दो सवारी चाप, अव्यवस्थित पूर्वाधार र सीमित स्रोतसाधनका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको विषय उठाइएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले सीमित स्रोतका बीच ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै व्यवस्थापन सुधारका लागि प्रविधिको प्रयोग, पर्याप्त जनशक्ति र आधुनिक उपकरण आवश्यक रहेको बताए ।
त्यसैगरी, प्राविधिक विज्ञ रामचन्द्र थापाले सडक पूर्वाधारको कमजोरी नै ट्राफिक समस्या बढाउने मुख्य कारण भएको उल्लेख गर्दै दीर्घकालीन योजना र संरचनागत सुधारमा जोड दिए ।
ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जोखिमपूर्ण अवस्थामा समेत प्रहरी सडकमा खटिएर काम गरिरहेको बताए । उनले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।































प्रतिक्रिया