चितवन, ३, माघ
देशभरका नर्सहरु आफ्नो सेवा सुविधालाई लिएर यतिबेला आन्दोलित छन् । यसैक्रममा चितवनका नर्सहरु पनि विभिन्न माग राखेर आन्दोलित हुँदा स्वास्थ्य क्षेत्र र अध्ययन क्षेत्र पनि प्रभावित बनेको छ । "/>

नर्सहरुको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

नर्सहरुको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

केन्द्रबिन्दु
0
Shares

चितवन, ३, माघ
देशभरका नर्सहरु आफ्नो सेवा सुविधालाई लिएर यतिबेला आन्दोलित छन् । यसैक्रममा चितवनका नर्सहरु पनि विभिन्न माग राखेर आन्दोलित हुँदा स्वास्थ्य क्षेत्र र अध्ययन क्षेत्र पनि प्रभावित बनेको छ । विभिन्न स्वास्थ्य संस्थामा सेवारत नर्सहरु, पढाउने नर्सहरु र पढ्ने नर्सहरु समेत सडकमा उत्रदा स्वास्थ्य सेवा प्रभावित बनेको हो । नर्सहरुले सरकारलाई दवाव दिनका लागि माघ ७ गतेबाट सवै सेवा छोडि २४ घण्टे धर्ना मन्त्रालयमा दिने समेत तयारी गरिरहेका छन् ।

नर्सहरु काम छोडेर सडकमा उत्रदा चितवनका स्वास्थ्य क्षेत्रमा प्रभाव परेको छ । विरामीको नियमित हेरचाहमा खटिने नर्सहरु सडकमा उत्रिएपछि विरामी समेत मर्कामा परेका छन् । निजी स्वास्थ्य संस्थाका नर्सहरुले जागिर जाने हो की भनी व्यवस्थापन पक्षको डरले अझै खुला रुपमा आन्दोनलमा उत्रिन सकेका छैनन् । मंगलबार विहान १० वजे देखि १ वजे सम्म सवै काम छोडेर नर्सहरु आ आफ्ना अस्पताल अगाडि विरोधका लागि जम्मा भए । नेपाल नर्सिङ संघ चितवनकी अध्यक्ष माया पाण्डेले आफूहरुको माग सम्बोधन नभए आन्दोलन झनै कडा बन्ने चेतावनी दिइन् ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo