बाँके। बाँके राप्तीसोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने बासखली, चुनभट्टी र आसपासका बस्तीका बासिन्दाले वडा कार्यालय पुग्न करिब २४ किलोमिटर पैदल यात्रा गर्नुपर्ने बाध्यता भोगिरहेका छन्। सडक पूर्वाधारको अभावका कारण स्थानीयले करिब चार घण्टा पैदल हिँडेर मात्र सेवा लिनुपर्ने अवस्था रहेको स्थानीय अगुवाहरूले बताएका छन्।
राप्तीसोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने बासखली, चुनभट्टी र आसपासका बस्तीका बासिन्दाले वडा कार्यालय पुग्न करिब २४ किलोमिटर पैदल यात्रा गर्नुपर्ने बाध्यता भोगिरहेका छन्। सडक पूर्वाधारको अभावका कारण स्थानीयले करिब चार घण्टा पैदल हिँडेर मात्र सेवा लिनुपर्ने अवस्था रहेको स्थानीय अगुवाहरूले बताएका छन्।
महेशपुर, गुर्दनगौडी, खैरभट्टी लगायतका क्षेत्र भारतीय सीमासँग जोडिएका भए पनि भौगोलिक दुर्गमता र पूर्वाधारको कमीले गर्दा यहाँका नागरिकहरू आधारभूत सरकारी सेवाबाट समेत वञ्चित रहँदै आएका छन्। स्थानीय बासिन्दाले छुट्टै वडा र नजिकै सेवा केन्द्रको माग गर्दै आएका छन्, तर हालसम्म औपचारिक निर्णय भने हुन सकेको छैन।
वडाध्यक्ष मीनराज खड्काका अनुसार यो क्षेत्रबाट वडा कार्यालयसम्मको दूरी मात्र होइन, स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता आधारभूत सेवामा पनि ठूलो समस्या रहेको छ। गर्भवती तथा बिरामीहरूलाई समेत टाढासम्म लैजानुपर्ने बाध्यता रहेको उनले बताए।
स्थानीय तहका अनुसार करिब ३५० घरधुरी र ४०० भन्दा बढी मतदाता रहेको यो क्षेत्रमा सेवा प्रवाह सहज बनाउन संरचनागत पुनर्संरचना आवश्यक देखिएको छ। प्रमुख जिल्ला अधिकारीले भने आवश्यक प्रक्रिया पूरा भए सेवा विस्तार तथा मतदान केन्द्र स्थापनामा समन्वय गर्न तयार रहेको बताएका छन्।





























प्रतिक्रिया