खुमखानीमा खानेपानी संकट, दुई घण्टा हिँडेर पानी बोकिने अवस्था

खुमखानीमा खानेपानी संकट, दुई घण्टा हिँडेर पानी बोकिने अवस्था

केन्द्रबिन्दु
3
Shares

तुलसीपुर। दाङको तुलसीपुर–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या बढेको छ। सोलार सिस्टम बिग्रिएपछि गाउँमा पानी आपूर्ति बन्द भएको हो। यसअघि माथिल्लो पँधेराबाट लिफ्टिङ गरेर पानी ल्याइँदै आएको थियो, तर करिब एक महिनादेखि उपकरण बिग्रँदा सेवा ठप्प भएको छ।

मोटर बिग्रिएपछि ३५ घरधुरी प्रभावित भएका छन्। अहिले स्थानीयले दुई घण्टा हिँडेर पानी ल्याउनुपर्ने अवस्था छ। पानी अभावका कारण बस्ती खाली हुने जोखिम देखिएको छ। यसअघि पनि खानेपानी समस्या कै कारण केही परिवार बसाइँ सरेका थिए। स्थानीयका अनुसार समस्या समाधानतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन।

Skip This
Skip This
Logo