मनोहरा सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा सुकुम्वासी बस्तीमा चल्यो डोजर

केन्द्रबिन्दु
15
Shares

काठमाडौं ।

सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती डोजर चलाएको छ । सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार बिहान डोजर चालाएको हो ।http://facebook.com/reel/2149499999224966/?s=single_unit

काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो । शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो । यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए ।http://facebook.com/reel/1636657067541486/?s=single_unit

शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो ।

Logo