नुवाकोट,२७, पुस
माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा आयोजना हुने गोरु जुधाइमा सहभागी हुन १८ हल गोरु दर्ता भएका छन् । तारुकाको चन्दनी पाटोमा ‘बुलफाइट’ को व्यवस्थापन मिलाउन उपसमितिहरू गठन गरी तयारी तीव्र बनाएको ‘माघे संक्रान्ती गोरु जुधाइ संरक्षण संस्था’ का अध्यक्ष शिव बहादुर अधिकारीले जानकारी दिए ।
मेला सञ्चालनका लागि होमनाथ सिग्देलको संयोजकमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरूमा नारायण सिग्देल र रामशरण सिग्देल छन् । प्रचारप्रसार उपसमितिमा विष्णु जमकट्टेल छन् । उपसमितिको सदस्यमा नुवाकोटमा सञ्चालित रहेका सबै सञ्चारमाध्यम र क्रियाशील सञ्चारकर्मी छन् ।
जुधाउने गोरु दर्ताका लागि कुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन भएको छ । उपसमितिको सदस्यहरूमा कृष्ण श्रेष्ठ, दीपक तामाङ, शिव अधिकारी र लक्ष्मण प्रधान छन् । उपसमितिले पुस २६ गते १८ हल गोरु दर्ता भएको जानकारी दिएको छ । हरेकवर्षको माघेसंक्रान्तीमा यहाँ गोरु जुधाई हुने गरेको छ । गोरु जुधेको हेर्न आउनेका लागि मञ्च र प्याराफिट निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको वताइएको छ । मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार तोकिएको छ ।
नागरिकबाट





























प्रतिक्रिया