काठमाडौं,२६,पुस
सरकारले भूकम्पपीडितहरुलाई दोस्रो किस्ता बापतको रकम लिने म्याद बढीमा तीन महिना थप्ने तयारी गरेको छ । "/>

भूकम्पपीडितलाई दोस्रो किस्ताको म्याद तीन महिना थप्ने तयारी

भूकम्पपीडितलाई दोस्रो किस्ताको म्याद तीन महिना थप्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,पुस
सरकारले भूकम्पपीडितहरुलाई दोस्रो किस्ता बापतको रकम लिने म्याद बढीमा तीन महिना थप्ने तयारी गरेको छ । गत असार २८ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले कात्तिक मसान्त सम्म पहिलो, पुस मसान्त सम्म दोस्रो र असार मसान्त सम्म तेस्रो किस्ता बापतको रकम लिइसक्नु पर्ने निर्णय गरेको थियो । पुस मसान्त सम्म आधा पीडितले पनि घरको जग हाल्ने अवस्था नदेखिएपछि प्राधिकरण पूर्वनिर्णय पुनर्विचारको अवस्थामा पुगेको हो । ‘दोस्रो किस्ता बापतको रकम लिन भूकम्पपीडितलाई हामीले दिएको पुस मसान्त सम्मको म्याद भित्र काम सम्पन्न हुने देखिएन । कति काम हुन्छ त्यसको माघ २ गते प्रगति विवरण हेर्छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले भने, ‘दोस्रो किस्ता लिने भनेर पहिला तोकेको म्याद सकियो भनेर भूकम्पपीडितलाई थप पीडा दिने पक्षमा हामी छैनौं । प्रगति विवरण हेरेर निर्देशक समितिको बैठकमा वास्तविकता राख्छौं । कति समय थप गर्नुपर्छ त्यही समितिले गर्छ ।’

सीईओ भुसालले दोस्रो किस्ताको रकम लिने म्याद दुई वा तीन महिना कति थप गर्ने भन्ने बारेमा ठोस नबताए पनि प्राधिकरणका एक अधिकारीका अनुसार दोस्रो किस्ताको रकम लिने म्याद बढीमा तीन महिना थप हुनेछ । ती अधिकारीका अनुसार चैत मसान्त सम्म जग हालि सक्दा वैशाख र जेठ भित्रमा घरको छानो छाउन सकिने भएकाले तीन महिनाको म्याद नै उचित हुनेछ । ‘एक वा दुई महिना मात्र म्याद थपेर फेरि म्याद थप्नु भन्दा एकैपटक तीन महिनाको म्याद दिएर काम गर्दा उचित हुने देखिएको छ । त्यही अनुसार अनौपचारिक छलफल अगाडि बढेको छ ।
आर्थिक दैनिकबाट

Skip This
Skip This
Logo