काठमाडौं । नेपाल सरकारले बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत आज बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ ।
सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस कार्यलाई अघि बढाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस अभियानमा आज कूल ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ । जसअनुसार बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गराउन सुरु गरिएको छ ।
बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने ठूलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीउधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।














































प्रतिक्रिया