राती भए पछि सही नसक्नु जाडो, भोली र पर्सी कति हुन्छ रातीको तापक्रम ?

राती भए पछि सही नसक्नु जाडो, भोली र पर्सी कति हुन्छ रातीको तापक्रम ?


तराई, पहाड र हिमाली जिल्लाहरुमा केही दिन यता रात परे पछि सही सक्नु तवरले जाडो हुन्छ । तराई, पहाड र हिमालमा लगेको कुहिरो, हुस्सुको मुख्य कारणले जाडो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । उनले ठाउँ ठाउँमा परेको तुसारो र घाम नलागेको कारणले पनि जाडो बढ्ने क्रममा रहेको बताए ।

तराई, पहाड र हिमाल तीनै क्षेत्रमा बसोबास गर्नेहरु दिउँसो निस्केको सामान्य घामले जाडो कटाउन सक्छन । उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण पौडेलको छ । ३ दिन यता देखि जाडो असाध्यै रुपमाा बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार मात्रै राजधानीको तापक्रम ८ वर्षयताकै कम शून्य डिग्रीमा झरेको थियो ।

मौसम पूर्वानुमान महाशाखा अनुसार ३ दिन अघि अर्थात अस्ति शुक्रबार पहाडी जिल्ला काठमाडौँ लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम १ र अधिकत्म ३ डिग्री सेल्सीयस रहेको थियो । त्यसै गरि तराईको जिल्ला बाँके लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम ६ र अधिकत्म १० डिग्री सेल्सीयस रहेको थियो । त्यसैगरी हिमाली जिल्ला जुम्ला लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम माईनस ५ र अधिकत्म ० डिग्री सेल्सीयस रहेको थियो ।

त्यस्तै २ दिन अघि अर्थात हिजो शनिबार पहाडी जिल्ला काठमाडौँ लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम १ र अधिकत्म २ डिग्री सेल्सीयस रहेको थियो । त्यसै गरि तराईको जिल्ला बाँके लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम ५ र अधिकत्म ९ डिग्री सेल्सीयस रहेको थियो । त्यसैगरी हिमाली जिल्ला जुम्ला लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम माईनस ७ र अधिकत्म ० डिग्री सेल्सीयस रहेको थियो ।

तराईको जिल्ला बाँके लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम ४ र अधिकत्म ८ डिग्री सेल्सीयस रहने छ । त्यसैगरी हिमाली जिल्ला जुम्ला लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम माईनस ८.७ र अधिकत्म ० डिग्री सेल्सीयस रहने छ ।

रातीको तपक्रम ?

अझै ३/४ दिन जाडो नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले जुन तापक्रम अहिले हिमाल, पहाड र तराईको क्षेत्रमा रातीको समयमा रहेको छ सोही तपक्रमको आसपास रहने छ । महाशाखाका मौसमविद् पौडेलले यी क्षेत्रको तापक्रममा फरक १९÷२० मात्र हुने बताए ।

मौसम पुर्र्वानुमान महाशाखाले अनुमान गरेको तापक्रम 

सोमबार पहाडी जिल्ला काठमाडौँ लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम मईनस ०.२५ र अधिकत्म १.७५ डिग्री सेल्सीयस रहेका रहने छ । त्यसै गरि तराईको जिल्ला बाँके लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम ३.५ र अधिकत्म ७.५ डिग्री सेल्सीयस रहने छ । त्यसैगरी हिमाली जिल्ला जुम्ला लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम माईनस ९ र अधिकत्म ० डिग्री सेल्सीयस रहने छ ।

मंगलबार पहाडी जिल्ला काठमाडौँ लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम मईनस ०.५ र अधिकत्म १.७ डिग्री सेल्सीयस रहेका रहने छ । त्यसै गरि तराईको जिल्ला बाँके लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम ३ र अधिकत्म ७ डिग्री सेल्सीयस रहने छ । त्यसैगरी हिमाली जिल्ला जुम्ला लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम माईनस ९.३ र अधिकत्म ० डिग्री सेल्सीयस रहने छ ।

यस्तै बुधबार पहाडी जिल्ला काठमाडौँ लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम मईनस ०.१ र अधिकत्म १.५ डिग्री सेल्सीयस रहेका रहने छ । त्यसै गरि तराईको जिल्ला बाँके लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम २.८ र अधिकत्म ६.९ डिग्री सेल्सीयस रहने छ । त्यसैगरी हिमाली जिल्ला जुम्ला लगायत आसपास क्षेत्रको रातीको तपक्रम न्युनतम माईनस ९.७ र अधिकत्म ० डिग्री सेल्सीयस रहने छ ।

Logo