काठमाडौं,२३,पुस
न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यका सहित मुलुकभर चिसो बढेको छ । केही साता देखि तराई मधेस क्षेत्रमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दिन देखि १ डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस छ । तापक्रम घटेका कारण उपत्यकाको जनजीवन समेत प्रभावित बन्दै गएको छ । चिसोका कारण स्वास्थ्य सम्बन्धी विभिन्न समस्या लिएर बिरामीहरू अस्पताल पुगिरहेका छन् । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने मौसमविद वरुण पौडेलले बताए ।
मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले मुलुकभर चिसो बढेको मौसमविद पौडेलले बताए । उनका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । शनिबार पूर्व देखि पश्चिम सम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको थियो । पहाडी र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ । पहाडी र हिमाली क्षेत्रमा बिहानीपख बाक्तो तुसारो पर्ने र रातभर आकाश खुला हुने क्रम रहेकाले केही दिन अझै चिसो बढ्ने मौसमविद्को दाबी छ ।
राजधानीबाट































प्रतिक्रिया