काठमाडौं । नेपालमा अपराध गरेर फरार रहेका विदेशी नागरिकबाट असुल्नुपर्ने जरिवाना बापतको विगो मात्र करीब पाँच अर्ब रुपैया छ । अदालतको अन्तिम फैसलाअनुरूप अपराधमा संलग्न विदेशी नागरिकबाट जरिमानाबापत उक्त रकम असुल्नु पर्ने देखिएको छ ।
काठमाडौं जिल्ला अदालतको अभिलेख अनुसार पक्राउ गरी विगो असुल्न बाँकी विदेशी अपराधीको संख्या वैशाख अन्तिमसम्म ६१२ पुगेको छ ।
राज्यले कैद सजाय र जरिवना असुल्न असमर्थ देखिएको छ । अपराध गरेर फरार हुने विदेशीको अवस्था विकराल देखिएको छ ।
करिब एक दशकअघि २०७४ वैशाखसम्म ३८३ जना विदेशी नागरिक फरार थिए । उक्त मितिसम्म तीन अर्ब ५० करोड रुपैयाँ विगो असुल्न बाँकी थियो । यसबिचमा फरार विदेशी अपराधी र असुल्नुपर्ने विगो दोब्बर बनेको छ । अपराधीको सूचीमा रहेका अधिकाँस व्यक्ति नेपालका अदालतबाट दोषी करार भई भारतमा लुकेर बसेका छन् ।





























प्रतिक्रिया