काठमाडौं । थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरी अनुसन्धान सकेर प्रतिवेदन बुझाएलगत्तै सोमबार जिल्ला सरकारी वकिलको कार्यालय पर्साले प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको हो।
जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्नलाई थप म्यान नलिन प्रहरीका नाममा आदेश दिएको थियो।




















