काठमाडौं, ११, पुस
केन्द्रविन्दु समाचारदाता
राजधानीका युवाहरुले आगामी जनवरी १ मा नेपाली टोपी दिवसको तयारी गरिरहँदा मकवानपुरको थाहानगरपालिकाका सक्रिय युवाहरुले पनि यसको तयारी गरिरहेका छन् । "/>

लियो क्लब पिस थाहाले पनि नेपाली टोपी दिवस मनाउने

लियो क्लब पिस थाहाले पनि नेपाली टोपी दिवस मनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ११, पुस
केन्द्रविन्दु समाचारदाता
राजधानीका युवाहरुले आगामी जनवरी १ मा नेपाली टोपी दिवसको तयारी गरिरहँदा मकवानपुरको थाहानगरपालिकाका सक्रिय युवाहरुले पनि यसको तयारी गरिरहेका छन् । विगत ५ वर्ष देखि अंग्रेजी वर्षको पहिलो दिनलाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएका यहाँका युवाहरुले यस वर्ष भने औपचारिक कार्यक्रम नै गरेर टोपी दिवस मनाउने तयारी गरिरहेका छन् । लियो क्लब अफ पिस थाहा, थाहा नगरपालिकाले यसको आयोजना गर्न लागेको स्थानिय संचारकर्मी सिम्रन खड्काले जानकारी दिएकी छिन् । त्यस दिन उनीहरुले विशेष कार्यक्रमको आयोजना गरि नेपाली टोपी दिवसको महत्व र यसले समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा सबैलाई जानकारी दिने उद्देश्य राखिएको लियो अनित बिष्टले जानकारी दिए ।

यस दिन रामेछापमा पनि टोपी दिवसको आयोजना गरिएको बताइएको छ । यता राजधानीमा भने जागरुक युवा अभियान नेपालले विगत ५ वर्ष देखि यो कार्यक्रमको आयोजना गर्दै आएको छ । यस वर्षको नेपाली टोपी दिवसको तयारी अन्तिम चरणमा पुगिसकेको संस्थाका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए । विगत केहि वर्ष देखि नेपाल राष्ट्रिय पोशाक विहिनको अवस्थामा रहेकाले यसको निरन्तरताको लागि सरकारलाई दबाब दिने उद्देश्यले नेपाली टोपी दिवसको आयोजना गर्नु परेको यस अभियानका अभियन्ताहरु बताउँछन् ।

Skip This
Logo